News Category 2073/10/07

मोटरसाइकल दुर्घटनामा घाइते चौधरीको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
मोटरसाइकल दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालकको बुधबार उपचारका क्रममा मृत्यु भएको छ । 
मृत्यु हुनेमा सप्तरीको मल्नहवा–६ निवासी ३५ वर्षीय राजनारायण चौधरी रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका चौधरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ७ प १७९१ नंको मोटरसाइकल महेन्द्र राजमार्गअन्तर्गत कञ्चनरुप–११ मा रोकिराखेको नम्बर खुल्न नसकेको ट्रयाक्टरमा मंगलबार राति ठोक्किएर दुर्घटना भएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट