News Category 2073/10/09

विद्युत हुुकिङ गर्ने सात सय जनामाथि कारबाही ४६ लाख १६ हजार ६ सय राजस्व संकलन

दैनिक समाचारदाता

राजविराज÷नेपाल विद्युुत् प्राधिकरण शाखा कार्यालय राजविराजले चालु आर्थिक बर्ष २०७३÷०७४ को ६ महिनाको अवधीमा बिद्युत चोरी हुुकिङ गर्ने ६ सय ९८  जनामाथि कारबाही गरेको जनाएको छ । 
चुुहावट नियन्त्रण गर्ने अभियान अन्तर्गत नेपाल विद्युुत् प्राधिकरण शाखा कार्यालय राजविराजले विद्युुतको पोलबाट हुुकिङ गरेर सिँचाइ तथा घरमा विद्युुत् चोरी गर्नेमाथि कारबाही गरिएको प्राधिकरण केन्द्रका प्रमुुख रामउद्गार साहले बताउनुभयो ।  
प्रमुख साहका अनुसार आर्थिक बर्ष २०७३÷०७४ को साउनदेखि पुस मसान्तसम्म विद्युत चोरी गर्ने ६ सय ९८ जनामाथि कार्वाही गरिएको छ । जसमध्ये ३ सय ८३ जना व्यक्ति र २ सय ३४ वटा समानलाई समेत कार्वाही गरिएको उहाँले जानकारी दिनुभयो ।  
यस्तै मिटरबाट सिधै बिद्युत चुहावट गर्ने ८१ जनालाई समेत कार्वाही गरिएको छ । यता बिद्युत चुहावटको कार्वाहीबाट ४६ लाख १६ हजार ६ सय राजस्व संकलन समेत गरिएको प्राधिकरण राजविराजले जनाएको छ ।  
यसैबिच बिद्युतको महसुल तिर्न बाँकी बक्यौता भएकाको लाईन काट्ने कार्य जारी राख्दै जिल्लामा भइरहेको ब्यापक बिद्युत चुहावट नियन्त्रणका लागि समेत प्राधिकरणले चुहावट नियन्त्रण अभियानलाई जारी नै राखिएको प्रमुख साहले बताउनुभयो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट