News Category 2070/06/21

जिशिकाले ग¥यो बार्षिक समिक्षा

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २० असोज ।
जिल्ला विकास समिति सप्तरीले आर्थिक बर्ष २०७०÷०७१ को बार्षिक अभिमुखीकरण कार्यक्रम आईतवार राजविराजमा आयोजना गरेको छ ।
राजविराजस्थित शैक्षिक तालिम केन्द्रमा आयोजित कार्यक्रममा जिल्ला शिक्षा कार्यालयद्वारा जिल्लामा सञ्चालित कार्यक्रमबारे जानकारी दिईयो । 
कार्यक्रममा जिल्लामा सञ्चालित शैक्षिक गतिबिधीहरुबारे जानकारी दिनुहुँदै जिल्ला शिक्षा कार्यालय सप्तरीका फाल्गुनी प्रसाद काफ्लेले जिल्लामा ५९ मदरसा र एक गुम्बागरि ६० वटा शैक्षिक संस्था रहेको जानकारी दिनुभयो । त्यसमध्ये ४२ वटालाई मान्यता दिइएको बताउनुभयो । 
उहाँले जिल्लामा रहेको ४ सय ९३ बिद्यालय मध्ये ९२ बिद्यालयमा दिवा खाजा कार्यक्रमका लागि रकम निकासा भईरहेको बताउँदै बिद्यालय सुधार, दिवा खाजा कार्यक्रम लगायतका कार्यक्रमहरु सञ्चालनमा रहेको बताउनुभयो । 
जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल शिक्षक युनियन सप्तरीका अध्यक्ष भवेन्द्र यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष धीरेन्द्र प्रसाद साह लगायतले बोल्नुभएको थियो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट