News Category 2073/10/19

चुनावको मिति घोषणा भएसँगै सरकारसँग सम्बन्ध बिच्छेद ः महतो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौं, १८ माघ ।
सद्भावना पार्टीका राजेन्द्र महतोले संविधान संशोधन नगरी चुनावको मिति घोषणा गरे सरकारसँगको सम्बन्धविच्छेद गर्ने र आन्दोलनमा जाने चेतावनी दिनुभएको छ ।
अध्यक्ष महतोले संविधान संशोधन नभई चुनावको मिति घोषणा गरे त्यसलाई कुनै हालतमा नमान्ने अडान दोह¥याउदै भन्नुभयो, “प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जान्छौं, सरकारसँग सम्बन्धविच्छेद गर्छौं ।’
प्रमुख दलहरु अन्तरिम संविधानबाट पनि पछि हटेको भन्दै उहाँले अब बेइमानी नचल्ने बताउनुभयो । सद्भावना अध्यक्ष महतोले संविधान संशोधनमार्फत जनताका अधिकार स्थापित गर्ने कुरामा एमालेले बेइमानी गरेको आरोप लगाउनुभयो । 
एमालेले धेरै बेईमानी गरिसकेको भन्दै उहाँले यसको हिसाबकिताब जनताले दिनेछ भन्नुहुँदै “त्यसैको तयारी स्वरुप अहिले एमालेमुक्त मधेश बनाउने कुरा पनि भइरहेको छ ।” स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कुनै हालतमा पनि मान्य नभएको उहाँले बताउनुभयो ।
स्थानीय तह पुनर्संरचना भद्रगोल रहेको कुरा नुवाकोटको आन्दोलनले नै पुष्टि गरिसकेको उहाँको दाबी छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट