News Category 2073/10/19

कलात्मक मूर्ती बनाउन व्यस्त शुभनारायण

दैनिक समाचारदाता

दैनिक समाचारदाता राजविराज, १८ माघ । मूर्ति बनाउँने पेशाबाट बिदेशको जस्तो स्वदेशमै बसेर आम्दानी गर्दै आएका छन यहाँका मुर्तिकारहरु । सप्तरीको सदरमुकाम राजविराजमा मूर्ति बनाउने पेशा अपनाएर एक मुर्तिकार बिदेशकै जस्तो आम्दानी गर्दै आएका छन । सप्तरीको बभनगामाकट्टी गाविस १ तोपा निवासी शुभ नारायण मण्डल घरमै बसेर मुर्ति बनाउने पेशा अपनाएर बिदेशकै जस्तो आम्दानी गर्दै आएका छन । सीप सिकेर आप्mनै देशमा बसेर मण्डलले बिदेशको जस्तो सिजन अनुसार मासिक ५ लाख सम्म आन्दानी गर्दै आएको बताउँछन । चार पाँच कक्षासम्म मात्र अध्ययन गरेका उनी अन्य युवाहरुलाई समेत सीप सिकेर बिदेशको जस्तो आम्दानी गर्न सकिने बताउँछन । मण्डल आफु नपढेपनि आप्mना एक छोरा र एक छोरीलाई घर नजिकै रहेको बोर्डिङ्ग स्कुलमा बढाउँदै आएका छन । त्यस्तै शुभ नारायणका सम्पुर्ण परिवार नै मुर्ति बनाउने पेशा अपनाएर नै घरमै बसी मगन्य आम्दानी गर्दै आएका छन । मण्डलका बुबा कुशेश्वर मण्डल सानै उमेरदेखि मुर्ति बनाउन सिकेको तथा सिजन अनुसार उनी पनि मासिक लाखौ आम्दानी गर्दै आएका छन । पहिला बुबाले सो पेशा अपनाउँदै आएकोमा अहिले आफु पनि मुर्ति बनाउने पेशालाई अंगालेर आम्दानी गर्दै आएको उनी बताउँछन । सिजन अनुसार कृष्णा अष्टमी, अन्नत चर्तुदर्शी, वडा दशै, बाबा विश्वकर्मा, काली पुजा, लक्ष्मी पुजा, श्री पञ्चमी लगायतका कलात्मक मुर्तिहरु बनाउन उनी ख्याती छन् । यस वर्ष मात्र श्री पञ्चमीको अवसरमा ७० वटा कलात्मक मुर्ति बनाइरहेका तथा सो बापत करिब एक लाख भन्दा बढी आम्दानी गर्न सकिने जानकारी दिए । उनी मुर्ति बनाउँने पेशाबाट नै दश जना परिवारको समेत गुजारा चलाउँनुका साथै करिब ३० कठ खेत खरिद गरेका छन् । यसबाहेक दुई तल्ले घर र थप चार तल्ले घर निर्माण गरीसकेको उनी बताउँछन । यस बाहेक मण्डल खेतिपाति गर्नुका साथै विवाहको मण्डप, रंग पेन्ट लगातका कामहरु गर्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट