News Category 2073/10/21

मुर्ति सेलाउन जाने क्रममा बालकको ट्याक्टरले किचेर मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० माघ । 
सिरहा र सप्तरी जिल्लामा बिहिबार भएको सवारी दुर्घटनामा परी एक बालकको ज्यान गएको छ भने एक बालिका घाइते भएकी छिन् ।
सिरहाको लहानमा मुर्ति सेलाउन जाने क्रममा ट्याक्टरबाट खस्दा एक बालकको बिहिबार मृत्यु भएको छ । 
मृत्यु हुनेमा सप्तरी धनगढी १ का भोलेनाथ मण्डलको वर्ष १३ को छोरा सुरज मण्डल रहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 
लहान नगरपालिका ३ स्थित ज्ञानज्योती पाठशालाबाट सरस्वती पुजाको मुर्ती सेलाउन स्थानीय बलान खोला जानेक्रममा स १ त २६८७ नम्बरको ट्याक्टरबाट खस्दा मण्डललाई सोही ट्याक्टरको पछाडीको चक्काले किचेको थियो । 
मण्डलको उपचारकालागी सप्तऋषि नरसिङहोम लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरका चालक इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।
यस्तै सप्तरीको रुपनी राजबिराज सडक खण्डमा राजबिराजबाट रुपनीतर्फ जादै गरेको स ५ प ३३०५ नम्बरको मोटरसइकलले ठक्कर दिंदा पैदलयात्री सप्तरी मलेठ ४ बस्ने बिरेन्द्र साहको १३ वर्षिया छोरी ज्योती कुमारी साह घाइते भएकी छिन । 
घाइते साहको टाउको र दाहिने खुट्टामा चोट लागेकोले उपचारकालागी विराटनगरस्थित नोबेल अस्पताल लगिएको छ भने ठक्कर दिने मोटरसाइकलसहित चालक फरार रहेकाले प्रहरीबाट खोजी भइरहेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट