News Category 2073/10/23

मधेशलाई कसैले पनि टुक्राउन सक्दैन ः गच्छदार

दैनिक समाचारदाता

राजविराज÷मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष बिजय कुमार गच्छदारले मुलुकबाट मधेशलाई कसैले पनि टुक्राउन नसक्ने दाबी गर्नुभएको छ । 
फोरम लोकतान्त्रिक जिल्ला कार्य समिति सप्तरीले राजविराजमा शनिबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गच्छदारले सो दाबी गर्नुभएको हो । उहाँले मधेशलाई टुक्राउन कसैले नसोचे हुन्छ भन्दै त्यस्तो कदम चाल्ने व्यक्तिलाई राज्यले दण्डित गर्नुपर्ने बताउनुभयो । 
पत्रकार सम्मेलनमा पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहनु भएका गच्छदारले पत्रकारहरुले सोधेका प्रश्नको जवाफमा झापा, मोरङ र सुनसरीलाई दुई नं. प्रदेशमा मिलाउन पर्ने बताउँदै मधेशमा तीन प्रदेश हुनु पर्ने दोह्¥याउनुभयो । 
उहाँले झापा, मोरङ र सुनसरीलाई दुई नं. प्रदेशमा समावेश नगरिए ती तीन जिल्लासहित सप्तरी, सिरहा र उदयपुर समेतलाई समावेश गरि प्रदेश बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले धनुषादेखी पर्सा र चितवनदेखी कञ्चनपुरसम्म दोश्रो र तेश्रो प्रदेश गरि मधेशमा तीन प्रदेश र पहाडमा ५ प्रदेश बनाउनु पर्ने जिकिर गर्नुभयो । 
पत्रकार सम्मेलनमा पूर्वमन्त्री गच्छदारले संविधानमा देखिएका समस्याहरुलाई संशोधन गर्ने एमाले अध्यक्ष ओलीसहितका नेताहरुले प्रतिबद्वता जनाएपछि आफ्नो दल त्यत्तिबेला सरकारमा गएको बताउनुभयो । एमालेसँग आफ्नो दलले संविबधान संशोधन गराउनेसहितका आठ बुँदे सम्झौता गरी सरकारमा गएको उल्लेख गर्दै गच्छदारले एमाले आफ्नो प्रतिबद्वता पूरा नगरेको गुनासो समेत गर्नुभयो । गच्छदारले काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रलाई उत्कृष्ट संविधान बनाएको छु भन्नेहरु किन संविधानलाई जोगाउन नसकेको प्रश्न गर्नुभयो । 
उहाँले आफू मेधशी र थारु बिरोधी नभएको स्पष्ट पार्दै पार्टी सरकारमा रहेको बेला मधेशी र थारुहरुको हितमा कामहरु समेत गरेको दाबी गर्नुहुँदै लगातार ४६ बर्षदेखि राष्ट्रिय राजनीतिमा आफू रहेको चर्चा समेत गर्नुभयो । 
उहाँले आफ्नो पार्टी र व्यक्तिगत रुपमा समेत मधेशवादी दलहरुसँग कुनै मनमुटाव नरहेको स्पष्ट गर्दै ती दलहका अध्यक्षहरुसँग समस्या समाधानका लागि कुराकानी जारि रहेको बताउनुभयो ।
सो पत्रकार सम्मेलनमा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं सांसद जितेन्द्रनारायण देव, सांसद डा. सुबोध पोखरेल, जिल्ला अध्यक्ष शैलेक कुमार चौधरी लगायतको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट