News Category 2073/10/24

टाउको घुमाएर तीन वर्षिय नाबालकको हत्या

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
सप्तरीको पातो गाबिस ७ गोविन्दपुर टोलमा आईतबार दिउँसो एक नाबालकको निर्मम तरिकाबाट हत्या गरिएको छ ।
स्थानीय धर्मदेव खंग मण्डलका ३ वर्षिय छोरा श्यामबाबु खंग मण्डललाई घरायसी विवादका कारणले उनका आप्mनै काकी उर्मिला देवी खंग मण्डलले निर्मम तरिकाबाट हत्या गरेकी हुन ।
घरायसी विवादका कारणले घरमा कोही नभएको मौका छोपी नाबालकलाई टाउको घुमाएर निर्मम तरिकाबाट हत्या गरिएको पातो प्रहरीले जनाएको छ । 
नाबालकको शवलाई गोठाला घरमा (दाउरा राख्ने घर) बोरामा फालेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय पातोका इन्चार्ज तेज बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार घटनाको थप अनुसन्धान भईरहेको तथा हत्याको आरोपमा उर्मिला देवी खंग मण्डललाई पक्राउ गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट