News Category 2073/10/25

दुधे बालकको हत्यामा संलग्न काकी पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
सप्तरीको पातो गाविस ६ मा आईतबार दिउँसो एक दुधे बालकको निर्मम तरिकाबाट हत्या गरिएको छ ।
स्थानीय धर्मदेव मण्डल खंगका तीन वर्षिय छोरा रामअवतार मण्डललाई घरायसी विवादका कारण उनका आप्mनै काकी उर्मिला देवी मण्डलले घाटी निमोठी निर्मम तरिकाले हत्या गरेकी हुन ।
मृतकका आमासँग सामान्य भनाभन, वादविवाद भएपछि काकी उर्मिलाले घरमा कोही नभएको मौकाछोपी रिसइवी साँध्न बालकको घाँटी थिची हत्या गरेको प्रहरीले जनाएको छ । 
यता प्रहरीले बालकको हत्या गरि उर्मिलाले पुरानो साडीको कपडामा पोको पारी सेतो प्लाष्टिकको बोरामा हालेर घरको पछाडीपट्टी सुकेको पात राख्ने स्थानमा लाश लुकाईछिपाई राखेको जनाएको छ । 
तीन दिनअघि मात्र मृतकको आमासँग उर्मिला देवीको घरायसी विवाद हुँदा उर्मिलाले बालकलाई मार्ने धम्की दिएकी थिइन् । सोही कारणले प्रहरीले शंकाको आधारमा उनलाई पक्राउ गरेपछि उर्मिलाले बालकको हत्या गरिएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यायल सप्तरीले जनाएको छ । 
यता उर्मिलामाथी कर्तव्य ज्यान मुद्दामा दायर गरि अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक दिवेश लोहनी जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट