News Category 2073/11/01

हतियारसहित एक फरार अभियुक्त पक्राउ

दैनिक समाचारदाता

राजविराज÷ज्यान मार्ने उद्योग मुद्दाका फरार एक प्रतिवादीलाई सप्तरीको गोबरगाढा गाबिसस्थित कोशी टापुबाट शनिबार प्रहरीले अवैध हतियारसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली जिल्लाको गोबरगाढा गाबिस ३ हाल हनुमाननगर योगिनिमाई नगरपालिकाका ३८ वर्षिय जसमुल भन्ने नसरुल मियाँ कोशी टप्पुको पलारमा लुकिछिपी बसेको गोप्य सुचनाको आधारमा हतियारसहित बरामद गरेको हो ।
प्रहरीको गस्ती टोलीले अभियुक्तलाई कोशी टप्पुको बिच भागमा सानो छाप्रो बनाई बसेको अवस्थामा मियाँलाई कटुवा पेस्तोल १ थान, सोमा प्रयोग हुने गोली ३ राउण्ड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी दान बहादुर कार्कीले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट