News Category 2073/11/08

पुराना काँग्रेसीको सहकार्यलाई चुस्त दुरुस्त बनाउने अभियान सुरु

दैनिक समाचारदाता

राजविराज÷नेपाली काँग्रेसका निष्ठावान यूवा समूह सप्तरीले चलाएको अभियानलाई शनिवार पनि निरन्तरता दिइएको छ ।
पार्टी भित्र हावी हुँदै गएको गलत संस्कार, संस्कृति, प्रवृत्ति तथा इमान्दारीका साथ अडिग भएर राजनीति गर्ने नयाँ र पुराना काँग्रेसीको सहकार्यलाई चुस्त दुरुस्त बनाउने उद्देश्यले सो अभियान चलाइएको हो । 
अभियानमा नेविसंघ, तरुण दल, ट्रेड युनियन, बुद्धिजीवी तथा साँस्कृतिक संघका प्रतिनिधिका साथै पुराना काँग्रेसीहरुले एकै स्वरमा पार्टी भित्र भईरहेको गुट उपगुटले पार्टीको जनाधार घटाउने कार्य गरेकोमा चिन्ता ब्यक्त गर्दै यसको अन्त्यका लागि सशक्त ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
अभियानलाई ६ वटै निर्वाचन क्षेत्रमा विस्तार गर्ने योजना बनाएको यूवा समूहले हाल नगर क्षेत्रको विभिन्न वडामा प्रत्येक शनिवार कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा पूर्व स्ववियु सभापति एवम् तरुण दलका केन्द्रीय सदस्य शशी माझी, वडा नं. १ का बुथ सभापति विशेश्वर प्रसाद साह, वडा ३ का बुथ सभापति श्याम शर्म, वडा ६ का बुथ सभापती योगेन्द्र प्रसाद देव, वडा नं. ७ का बुथ सभापति ईश्वर प्रसाद साह, वडा नं. ८ का बुथ सभापति समीर झा र वडा नं. ९ का बुथ सभापति इन्द्र नारायण देवका साथै तरुण दलका अनिल देव, दिनेश सिंह, नेविसंघका फिदा हुसैन, रञ्जीत चौधरी, बुद्धिजीवी स.घका रणधीर कर्ण तथा पुराना काँग्रेसी प्रदिप तातेड, दिलिप वर्मा, विजय चौधरी, राम कुमार साह, श्याम खडगी, राजकुमार परियार, विमल खड्गी, नसिर अहमद लगायतको उपस्थिति थियो । आगामी शनिवार नगरको वडा नं. ५ मा सो अभियान चलाइने जानकारी गराइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट