News Category 2073/11/13

सम्पन्न भेलाको माइन्यूट फिर्ता गर्न मोर्चासँग एमालेको आग्रह

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १२ फागुन । 
नेकपा एमाले सप्तरीले सप्तरी क्षेत्र नं. ६ स्थित मानराजा गाविसमा बुधबार कार्यकर्ता भेला सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । 
पार्टीका सप्तरी अध्यक्ष गोबिन्द न्यौपानेद्वारा बिहीबार जारि विज्ञप्तिमा सो कुरा उल्लेख गर्दै भेला सम्पन्न पश्चात् मोटरसाईकल चढेर आएका मधेशी मोर्चाका कार्यकर्ता बताउने दुई जना यूवाले पछाडीबाट खोसी भागेकोले उक्त घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । 
विज्ञप्तिमा नेपाली जनताले बर्षौदेखि संघर्षोप्रान्त संगठन गर्न र स्वतन्त्रतापूर्वक गतिबिधि गर्न पाउने प्राप्त संबैधानिक हकलाई कुन्ठित गर्ने गरी भएको उक्त घटनाप्रति घोर भत्र्सना गर्दै माइन्यूट फिर्ता गर्न आग्रह गरिएको छ । 
नेकपा एमाले पार्टी हाल मेची–महाकाली राष्ट्रिय अभियानमा जुटेको भन्दै विज्ञप्तिमा जिल्लाका सबै क्षेत्र र गाउँमा भेला, बैठक र घरदैलो कार्यक्रमहरु गरिरहेको उल्लेख छ । साथै विज्ञप्तिमा अभियान अन्तर्गत फाल्गुन २३ गते राजविराजमा हुने विशाल जनसभाको समेत तयारी भइरहेको जनाइएको छ । 
यसअघि मधेशी मोर्चा सप्तरीले बुधबार नेकपा एमालेले जिल्लाको क्षेत्र नं. ६ मानराजामा गरेको कार्यकर्ता भेला बिथोलेको र माइन्यूट समेत च्यातेको दाबी गरेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट