News Category 2073/11/14

एमालेको कार्यक्रम बिथोेलियो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १३ फागुन । 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले शुक्रबार नेकपा एमालेको भेला बिथोलेको जनाएको छ । 
मोर्चाको भण्डाफोर कार्यक्रम अन्तरगत जिल्लाको क्षेत्र नं. २ बथनाहा गाविसस्थित ढिकलीमा आयोजित सो भेलालाई मोर्चाले बिथोलेको जनाएको छ । 
एमाले मधेशी बिरोधी रहेको भन्दै भेला बिथोलिएको मोर्चाका सप्तरी संयोजक दिनेश कुमार यादवले जानकारी दिनुभयो । 
यसअघि बुधबार मोर्चाले जिल्लाको मानराज गाविसमा पनि एमालेको भेलालाई बिथोलेको जनाएको थियो भने एमाले सप्तरीले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाएको थियो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट