News Category 2073/11/20

मोर्चाद्वारा कालो झण्डासहित प्रदर्शन, एमाले र मोर्चा कार्यकर्ताबीच झडप

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १९ फागुन । 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पूर्व निर्धारित कार्यक्रम अनुसार बिहिबार राजविराजमा कालो झण्डा सहित विरोध प्रदर्शन गरेको छ । 
बिहीबारै नेकपा एमाले सप्तरीले मेचीमहाकाली अभियान अन्तरगत प्रचारप्रसार गर्दै घरदैलो कार्यक्रम गरिरहदा मोर्चाले सो कार्यक्रम अवरुद्ध गरेको थियो । यद्दपी एमालेले कार्यक्रम सम्पन्न गरेको दाबी गरेको छ । 
एमालेको प्रचारप्रसार कार्यक्रम भइरहँदा मोर्चाले अवरुद्ध गरेपछि केहीक्षण एमाले र मोर्चाका नेता कार्यकर्ताबीच झडप भएको थियो । स्थानिय रंगशाला नजिक एमाले कार्यकर्ता पुगेपछि मोर्चासँग झडप भएको थियो । सुरक्षाकर्मीको प्रयासले सो झडप उग्ररुप हुनबाट जोगिएको स्थानियहरुले बताएका छन् । 
यसैबीच मोर्चाको पूर्व निर्धारित झण्डाफोर कार्यक्रम अनुसार मोर्चाले राजविराजस्थित मालपोत कार्यालय, वन कार्यालयको अगाडी विरोध सभाको आयोजना गरेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट