News Category 2073/11/28

मोर्चा कार्यकर्ताद्वारा बसमा आगजनी, प्रदर्शन जारि

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ फागुन । 
आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताहरुले बिहीबार राती सप्तरीको मलेठ गाविसस्थित सडक खण्डमा एक यात्रु बाहक बसमा आगजनी गरेका छन । 
सोमबार सप्तरीमा प्रहरीले गोली चलाएको स्थानमै मोर्चाका कार्यकर्ताहरुले बिरगन्जबाट राजविराजतर्फ आउँदै गरेको ना. ५ ख. ६७१३ नम्बरको यात्रुबाहक बसमा आगजनी गरेका हुन । सो घटनामा चार जनाले ज्यान गुमाउनु परेको छ । 
सो आगजनीबाट बस पूर्ण रुपले जलेको छ । बसका यात्रुहरुलाई ओरालेर सोही बसमा रहेको डिजल र पेट्रोल छर्केर आगो लगाएको जनाइएको छ । 
यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीको आह्वानमा अनिश्चितकालिन बन्दको शुक्रबार पाँचौं दिन पनि प्रदर्शन जारि रहेको छ भने संघीय गठबन्धनले आह्वान गरेको एक दिने नेपाल बन्दको पूर्ण प्रभाव परेको छ । 
यहाँबाट कुनै सवारीसाधन चलेका छैनन् भने पसल, कलकारखाना, उद्योग, बजार समेत बन्द रहेको छ । जिल्लाको भारदह, कंचनपुर, रुपनी, कल्याणपुर लगायतका स्थानहरुमा मोर्चाका कार्यकर्ताहरुले सडकमा टायर बालेर प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट