News Category 2073/12/06

सप्तरी घटनामा घाइते भएकाहरुलाई आर्थिक सहयोग प्रदान

दैनिक समाचारदाता

राजविराज÷प्रहरीको गोलीबाट सप्तरीमा घाईते भएकाहरुलाई मधेशी मोर्चाले जनही ११ हजारका दरले शनिबार आर्थिक सहयोग प्रदान गरेको छ ।
सप्तरी मोर्चा नेताहरुद्वारा मलेठ घटनामा घाइते भएका सुरेन्द्र साह, दिलिप कुमार यादब र दिगम्बर यादबको घरमा गई घाईतेहरुको स्वास्थ अबस्था बारे जानकारी लिनुका साथै घाईतेहरुलाई फलफूलका लगि ११ हजारको दरले आर्थिक सहयोग प्रदान गरेको हो ।
सो अवसरमा मोर्चा निकट सद्भावना पार्टीका बरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, केन्द्रिय सदस्यहरु सत्यनारायण यादव, दिपेन्द्र चौधरी, दिनेश यादव, तमलोपाका उपमहामन्त्री जय प्रकाश ठाकुर, राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सचिव गजेन्द्र कुमार मण्डल, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, रामसपाका जिल्ला अध्यक्ष सतिश कुमार सिंह, मधेशी मोर्चाका जिल्ला संयोजक दिनेश कुमार यादव, फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादव, नेपाल सदभावना पार्टीका अमरनाथ मण्डल, सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, मनोज कुमार यादव, जय नारायण यादव सहितकाहरुले घाईतेहरुको अवस्था बुझनुका साथै उनीहरुका परिवारजनसँग भेटघाट गरेको मोर्चाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट