News Category 2073/12/08

रावि नपाको सीमांकन सच्याउनु पर्ने माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ७ चैत । 
राजविराज नगरपालिकाको त्रृटीपुर्ण सीमालाई सच्याउने माँग गर्दै सोमबार राजविराज नगर सिमांकन सुधार संघर्ष समितिले प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ । 
संघर्ष समितिका संयोजक शैलेश कुमार चौधरीको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष सोमबार ज्ञापन पत्र बुझाएको हो ।
बुझाइएको ज्ञापन पत्रमा नयाँ संरचनामा पूर्वमा खाँडो खोला भन्दा पश्चिम उत्तरमा बसविटी गाबिसको सीमादेखि दक्षिण औद्यौगिक क्षेत्र समेत पर्नेगरी पश्चिममा घोडदह नदीदेखि पूर्वसम्म र दक्षिणमा ईटहरी विष्णुपुर गाबिसको नहरदेखि उत्तरको सिमा समेटने गरी नयाँ सीमा कायम गर्नुपर्ने तथा नगरपालिकाका लागि उपयुक्त हुने विभिन्न गाबिसहरु समाहित र अनउपयुक्त हुने गाबिसहरु अलग्याई नयाँ र व्यवस्थित ढंगले नगरको सीमा निर्धारण गर्नुपर्ने माँग गरिएको छ ।
त्यस्तै केही नेता र सांसदको स्वार्थ र ब्यक्तिगत लाभका लागि हावादारी र अत्यन्तै अव्यवहारिक र अवैज्ञानिक रुपमा सिमांकन हेरफेर र गाबिस थपघट गरिएकोमा संघर्ष समितिको असन्तुष्टि रहेको जनाइएको छ । 
ज्ञापनमा अत्यन्तै अव्यवहारिक र अवैज्ञानिक ढंगले गरिएको राजविराज नगरपालिकाको नयाँ संरचनाले नगरवासीहरुलाई मात्र नभई सिंगो सप्तरीबासीलाई नै चकित र दुःखित बनाएको जनाउँदै नयाँ तय गरिएको संरचनाले यस नगरलाई झन कमजोर बनाउने निश्चित देखिएको ठहर गरिएको छ । 
यस्तै राजविराज नगरपालिकाको वडाहरु गाभिएकोलाई साविक बमोजिम नै कायम हुनुपर्ने, गाबिस बिषहरीया वडा न. १ देखि ८ सम्म हटाउनुपर्ने, दिघवा गाबिसको वडा न. ४, ५, ६ र ९ हटाउनुपर्ने, हरीहरपुर गाबिसको वडा न. ६ हटाउनुपर्ने, को.मधेपुरा गाबिसको वडा न. ४, ५, ६ र ७ हटाउनुपर्ने तथा देउरी भरुवाको वडा न. ५, ६, ७ र ८ हटाउनुपर्ने माँग समेत बुझाईएको ज्ञापन पत्र मार्फत गरिएको छ ।
यसअघि नगरबासीको बसेको बृहत भेलाले पूर्वमेयर चौधरीको संयोजकत्वमा १ हजार १ सय १ सदस्य रहनेगरी राजविराज सिमांकन सुधार संघर्ष समिति गठन गरिएको थियो । गठित समितिले सिमांकन नसच्याए चरणवद्ध आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट