News Category 2073/12/10

कांग्रेसमा प्रवेश गर्न लागेको हल्ला निराधार, तर पार्टी एकिकरणको सम्भावना जिवितै ः गच्छदार

दैनिक समाचारदाता

दैनिक समाचारदाता
बिराटनगर, ९ चैत ।
मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफू नेपाली कांग्रेसमा पुनः प्रवेश गर्न लागेको हल्ला निराधार भएको प्रष्ट पार्नुभएको छ । 
फोरम लोकतान्त्रिक मोरङले बुधबार बिराटनगरमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गच्छदारले आफू काँग्रेसमा प्रवेश गर्न लागेको कुरामा कुनै सत्यता नरहेको प्रष्ट पार्नुभयो । 
यद्दपी उहाँले कांग्रेसभित्र आफूलाई सम्मानजनक पद दिए पार्टी एकीकरणको सम्भावना जीवितै रहेको खुलासा गर्नुभयो । उहाँले स्थानीय तहको निर्वाचन अघि नेपाली कांग्रेससँग एकीकरणको अवस्था नभएको पनि प्रष्ट पार्नुभयो । तर प्रदेश र केन्द्रीय निर्वाचनका लागि भने समीकरण बन्न सक्ने उहाँले जानकारी दिनुभयो ।
पूर्व उपप्रधानमंत्रीसमेत रहेका गच्छेदारले आन्दोलनबाट प्राप्त उपलब्धि रक्षा गर्न संविधान कार्यान्वयन पहिलो प्राथमिकता भएको र यसका लागि निर्वाचन अपरिहार्य रहेको जिकिर गर्नुभयो । उहाँले अहिले संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन अनिवार्य शर्त भएकाले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो । 
मधेसी मोर्चा र असन्तुष्ट पक्षहरुलाई स्थानीय निर्वाचनमा सहभागी गराउने वातावरण बनाउन पनि गच्छदारले सरकारलाई आग्रह गर्दै सरकारले प्रस्तुत गरेको संविधान संसोधन विधेयक परिमार्जित गरेर पारित भए मात्र निर्वाचनको वातावरण बन्न सक्ने उल्लेख गर्नुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट