News Category 2073/12/18

मोर्चाद्वारा प्रशासनलाई चेतावनी पुरानै संरचनाको आधारमा शुल्क लिन मालपोतलाई आग्रह

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १७ चैत । 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले चैत ३ गतेदेखी जिल्ला विकास समितिको कार्यालय सप्तरी र राजविराज नगरपालिका कार्यालयमा गरेको अनिश्चितकालिन तालाबन्दी स्थानिय प्रशासन र प्रहरी मिलेर तोडेकोप्रति खेद व्यक्त गर्दै प्रशासनलाई चेतावनी दिएको छ । 
राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष तथा मोर्चाका कार्यवाहक संयोजक सतिश कुमार सिंहको अध्यक्षतमा बिहीबार सम्पन्न बैठकले यस्तो चेतावनी दिएको हो । 
बैठकले तालाबन्दी तोड्ने कार्य अबउपरान्त भए मोर्चा प्रहरी प्रशासन बिरुद्ध नै आन्दोलनमा उत्रने चेतावनी दिदै जिल्लास्थित सरकारी कार्यालयहरुमा हुने क्षतिको जिम्मेवार स्वंम स्थानिय प्रशासन नै हुने जनाएको छ ।  
सम्पन्न बैठकले स्थानिय निकायको नयाँ संरचना अनुसार कुनै पनि कामकाज नगर्न नगराउन जिल्लाका विभिन्न स्थानिय निकायका प्रमुख एवं गाविस सचिवहरुलाई आग्रह समेत गरिएको छ । 
साथै नयाँ संचरना अनुसारको कामकाज गरिएको पाइएमा त्यस्ता प्रमुख र गाविस सचिवहरुलाई सम्बन्धीत कार्यालयहरुमा हुने क्षतिको जिम्मेवारी स्वंम सम्बन्धीत कार्यालयहरुको प्रमुख नै हुने ठहर गरिएको छ ।
त्यस्तै सम्पन्न बैठकले शुक्रबारदेखि जिल्ला मालपोत कार्यालयले पुरानो संरचना अनुसारको राजश्व, रजिष्ट्रशन तथा अन्य शुल्क नलिए सो कार्यालयमा तालाबन्दी गर्ने निर्णय गरिएको मोर्चाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट