News Category 2073/12/21

सहकारी आन्दोलबाट दिगो विकास सम्भव, सहकारी दिवसको अवसरमा तीन संस्था सम्मानित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० चैत । 
६० औं राष्ट्रिय सहकारी दिवस आइतबार राजविराजमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
“दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी” भन्ने मूल नाराका साथ जिल्लाका सहकारीहरुको समन्वयमा राजविराजस्थित शिव मन्दिरको प्राङ्गनबाट सहकारी ¥याली निकालिएको छ । सो ¥यालीमा जिल्लाका विभिन्न सहकारी संस्थाहरुका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । 
¥याली राजविराज नगर परिक्रममा पश्चात् राजविराज जेसीज भवनमा विचार गोष्ठीमा परिणत भएको थियो ।
राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा सप्तरीका संयोजक विश्वनाथ मण्डलको अध्यक्षतामा आयोजित बिचार गोष्ठीका प्रमुख अतिथि डिभिजन सहकारी कार्यालय लाहानका प्रमुख रामप्रसाद सुबेदीले सहकारी आन्दोलवाट दिगो विकास सम्भव भएकोले एकजुट हुन अपिल गर्नुभयो ।
उहाँले मुलुकको आर्थिक व्यवस्थालाई बलिया पार्न सहकारी संस्थाहरुको उल्लेख्यीय योगदान रहेको चर्चा गर्नुभयो । सहकारीका माध्यमबाट गाउँ गाउँका गरिब जनताहरु प्रत्यक्ष रुपमा लाभान्वित भइरहेको जनाउँदै सहकारीका कारण जनता बचत गर्नतर्फ उन्मूख भइरहेको जिकिर गर्नुभयो ।  
कार्यक्रमका अध्यक्ष विश्वनाथ मण्डल र प्रमुख अथिती राम प्रसाद सुबेदीले सहकारी क्षेत्रमा विशेष योगदान पु¥याउने तिनवटा सहकारी र दुईजना डिभिजनका कर्मचारीलाई दोसल्ला ओढाई  सम्मान गरिएको थियो ।
सम्मानित हुने सहकारीहरुमा साना किसान कृषि सहकारी संस्था लि. भगवानपुर सिरहा, साना किसान कृषि सहकारी संस्था लि. नकटी रायपुर ८ सप्तरी र बचत तथा ऋण सहकारी संघ लि. कदमाहा सप्तरीलाई उत्कृष्ट सहकारी संस्था रहेका छन् । त्यस्तै डिभिजन सहकारी कार्यालय लहानका परमानन्द मण्डल र कृष्ण प्रसाद पौडेललाई सम्मानित गरिएको छ ।
कार्यक्रममा ग्लोबल बहुमुखी सहकारी संस्थाका लघुवित्त बिज्ञ सुखराम यादव, नेपाल सहकारी संस्थाका सत्रुह्न प्रसाद गुप्ता, पूर्व मेयर शैलेश चौधरी, कर्मचारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष योगेन्द्र प्रसाद देव, जिल्ला सकारी संघका व्यवस्थापक रमेश गुप्ता, बाबा गणिनाथ बहुमुखीका रामदेव यादव, ऊँ मिथिला बचत तथा ऋण सहकारीका अध्यक्ष सुनिल झा, रुपनि कुषि सहकारीका भु.पु. अध्यक्ष सुखिलाल यादव, साना किसान सहकारी संस्थाका व्यवस्थापक घनश्याम यादव, लक्ष्मी बचत तथा ऋण सहकारीका अध्यक्ष असिया कुमारी चौधरी, मुस्लीम महिला उपभोक्ता सहकारीका अध्यक्ष तवसुन खातुन, बचत तथा ऋण सहकारी संघका सचिव तोयानाथ पोखरेल, एभरेष्ट बचत तथा ऋण सहकारीका कर्मचारी दिव्या साह लगायतका बक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 
सम्पन्न विचार गोष्ठिमा सप्तरीका नवज्योत बचत तथा ऋण सहकारी, विष्णुप्रियाँ बचत तथा ऋण सहकारी, नोबेल कृषि सहकारी संस्था, साई कृषि सहकारी, कर्मचारी कल्याण बचत तथा ऋण सहकारी, आञ्चल बचत तथा ऋण, शक्तिमान बचत तथा ऋण, तक्षशिला बचत तथा ऋण, शुभकामना, प्रभु बचत तथा ऋण, अलतकवा बहुमुखी, जनमुखी बहुउदेश्यीय सहकारी संस्था लि.लगायत जिल्लाका सहकारीहरुको अध्यक्ष तथा सदस्यहरु प्रतिनिधिहरुको अपस्थिति रहेको थियो ।
यसअघि आइतबार बिहान बहिरा विद्यालय र बाल कल्याण गृहका बालबालिकाहरुलाई फलफुल बितरण गरिएको थियो । यस्तै शनिबार सहकारी दिवसको अवसरमा जनआन्दोलन चौक, अस्पताल गल्ली, हनुमाननगर रोड लगायतका स्थानहरुमा सरसफाई गरिएको थियो भने राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका बिरामीलाई फलफुल बितरण गरिएको थियो । 
यस्तै ६० औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आईतबार साँझ राजविराजमा विभिन्न सहकारी संस्थाहरुले मैनबत्ति प्रजवलन गरेको छ । राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी बैंक लि. एवं जिल्लाका सम्पुर्ण सहकारी संघसंस्थाहरुको आयोजनामा मैनबत्ति प्रज्वलन गरिएको हो । 
सो अवसरमा राजविराजस्थित गजेन्द्र चौक र जनआन्दोलन चौकमा मैनबत्ति प्रज्वलन गरिएको छ । सो अवसरमा जनज्योति कृषि सहकारी संस्था लि.का अध्यक्ष विश्वनाथ मण्डल, आईडीयल सहकारी संस्था लि.का अध्यक्ष गणेश आस, नेपाल सहकारी संस्था लि. का अध्यक्ष शत्रुह्न गुप्तालगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट