News Category 2073/12/21

विहुल पश्चिम गाउँपालिकाको माँग गर्दै प्रदर्शन

दैनिक समाचारदाता


दैनिक समाचारदाता
राजविराज, २० चैत । 
सप्तरीको बोदे बर्साइन नगरपालिकामा पाँच गाविसका जनताहरु नरहने भन्दै आइतबार राजविराजमा बिरोध प्रर्दशन गर्दै जिल्ला प्रशसन कार्यालय सप्तरीमा ज्ञापन बुझाएका छन् । 
जिल्लाको मल्हनियाँ, नेंगडा, मौवाह बेल्ही, रौतहट र रामनगर गाविसका जनताहरु बोदे बसाईन नगरपालिकामा नरहने भन्दै छुट्टै बिहुल पश्चिम गाउँपालिकाको माँग गर्दै बिरोध प्रदर्शन गरेका हुन् । 
स्थानिय शिवमन्दिरको प्राङ्गनबाट निकालिएको बिरोध प्रदर्शनले राजविराज नगरको परिक्रमा समेत गरेको थियो । सो बिरोध प्रदर्शनमा सप्तरी क्षेत्र नं. ६ का निर्वाचित काँग्रेस सांसद सुरेन्द्र यादव समेतको सहभागिता रहेको थियो । 
यता बुझाइएको ज्ञापनमा दुई किसिमको भौगोलिक, समरुपता र जनसंख्यात्मक घनत्व भएको बिहुल नदी पश्चिमका पाँच गाविसहरुमा मल्हनियाका वडा नं. १, २, ३, ४, ७, ८ र ९, मौवहा बेल्ही, रौतहट र रामनगरका जनताहरु तथा राजनीतिक दलहरुले आपत्ति समेत जनाएको उल्लेख छ । 
क्षेत्र नं. ६ का बिहुल नदी पश्चिमका पाँच गाविसहरुको आफ्नै भौगोलिक, समरुपता र जनसंख्यात्मक घनत्व हुदाँहुदै पनि पाँच गाविस मिलाएर एक गाउँपालिका नबनाएको प्रति शान्तिपूर्ण आन्दोलनमा उत्रनु परेको बाध्यता रहेको उल्लेख गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट