News Category 2073/12/23

उपचारको क्रममा कैदीको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २२ चैत ।  
जिल्ला कारागार सप्तरीमा सजाय भुक्तान गरिरहेका एक बिरामी कैदीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कर्तब्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका सप्तरी डाढा ८ बस्ने ७१ बर्षिय नथुनी प्रसाद यादब रहेका छन् ।
यादव झाडापखालाले थलिएपछि अस्पताल भर्ना भएका थिए । चिनी रोगका विरामी समेत रहेका यादवको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला कारागार कार्यालय सप्तरीले जानकारी दिएको छ । यादव डाढा गाविसका पूर्व अध्यक्ष थिए । 
कारागारमा ७० वर्षमाथिका १० जना अशक्त कैदीबन्दी थुनामा रहेको कारागार कार्यालय प्रमुख कृष्ण दाहालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट