News Category 2074/01/13

आजदेखी सप्तरीका सम्पूर्ण गाउँपालिका र नगरपालिकाको ताला खुल्ने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १२ बैशाख । 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सप्तरीका नगरपालिका र गाउँपालिकामा लगाईएको अनिश्चितकालिन तालाबन्दी बुधबारदेखि खोल्ने भएको छ ।
स्थानीय तह पुर्नसंरचनाको बिषयलाई थप छलफलमा लगिएपछि सो तालाबन्दी खोल्ने निर्णय भएको मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादवद्वारा मंगलबार जारि विज्ञप्तिमा उल्लेख छ । 
जारि विज्ञप्तीमा जनसंख्याको आधारमा स्थानीय तह निर्माण नगरेका कारण गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिति कार्यान्वयनको कामलाई अगाडि बढाउन नदिने उद्देश्यले लगाईएको तालाबन्दी खोल्ने निर्णय गरेको जनाइएको छ । 
त्यस्तै सरकारले कुनै कारणवश पुनः बेइमानी गरेको खण्डमा मोर्चाले तालाबन्दी भन्दा पनि सशक्त रुपमा आन्दोलनमा उत्रने चेतावनी समेत विज्ञप्ती मार्फत दिईएको छ । 
सरकारले स्थानीय तहको पुर्नसंरचना गरी संघीयतालाई नै खतम गर्ने खेलमा लागेका कारण मोर्चाले सप्तरीका सबै स्थानीय निकायका साथै जिल्ला समन्वय समितिमा गत चैत ३ गते तालाबन्दी गरेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट