News Category 2074/01/14

मुलुकलाई मधेशले मात्र जोगाउन सक्छ ः शिवसेना अध्यक्ष बम

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १३ बैशाख । 
शिवसेना पार्टी नेपालका केन्द्रिय अध्यक्ष विक्रम बहादुर बमले ९४ प्रतिशत हिन्दुहरुलाई वेवास्ता गर्दै राज्यले धर्म निरपेक्ष राज्य घोषणा गरेकोप्रति आपत्ति जनाउनु भएको छ । 
नेपाल अधिराज्यको संविधान २०४७ पुनस्थापना गर्न गठित राष्ट्रिय एकता अभियानले बुधबार राजविराजमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बमले सो आपत्ति जनाउनु भएको हो । 
आयोजित पत्रकार सम्मेलनमा उहाँले राज्यले ९४ प्रतिशत हिन्दुहरुलाई वेवास्ता गर्दा गर्दै ५१ प्रतिशत मधेशीलाई समेत अधिकारबाट बञ्चित गरेको आरोप लगाउनुभयो । 
अध्यक्ष बमले मुलुकको पहिलो नागरिक मधेशी नै रहेको भन्दै अब मुलुकलाई मधेशले मात्र जोगाउन सक्ने दाबी समेत गर्नुभयो । 
सो सम्मेलनमा अध्यक्ष बमले राष्ट्रिय शक्तिको निर्माण गर्न नेपाललाई बिश्वको एक मात्र हिन्दु राष्ट्रको पहिचान दिलाउन सम्पूर्ण हिन्दुहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । 
बमले जनआन्दोलनको भावना विपरीत बिदेशिको इशारामा नेपालले धान्ने नसक्ने नेपालको संविधान २०७२ खारेज गरी २०४७ सालको संविधान लागु पर्नुपर्नेमा जोड समेत दिनुभयो ।
पार्टीका आर्जु थापा समेतको सहभागितामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय एकता अभियान बैशाख ९ गतेदेखि संचालनमा गरिएको उहाँले जानकारी दिदै अभियानमा राष्ट्रिय शिवसेना पार्टी, पुरानो शक्ति अभियान नेपाल, राष्ट्रवादी विकासशिल अभियान, नेपाली काँग्रेस राष्ट्रवादी, हिन्दु प्रतिष्ठान नेपाल र ऊँ हिन्दु धर्म संरक्षण नेपाल समेतको सहभागिता रहेको बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट