News Category 2074/01/14

सप्तरीका चार निर्वाचन अधिकृतहरू फिर्ता

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १३ बैशाख । 
स्थानीय तहको निर्वाचनतालिकामा फेरबदल भएपछि सप्तरीमा स्थापना भएको चार निर्वाचन अधिकृतको कार्यालयहरुबाट अधिकृतहरु मंगलबार फिर्ता भएका छन् । 
जिल्लाको ९ नगरपालिका र ८ गाउँपालिकाका मध्ये शम्भुनाथ नगरपालिका र सुरुङ्गा नगरपालिका तथा कृष्णसवरण र तिलाठी कोइलाडी गाउँपालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयहरुबाट अधिकृतहरु फिर्ता भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका अधिकारी महेश कुमार ठाकुरले जानकारी दिनुभयो । 
यसअघि मुख्य निर्वाचन अधिकृतको कार्यालय बैशाख ३ गते नै राजविराजमा स्थापना भइसकेको छ र हाल संचालनमै रहेको छ । उक्त कार्यालय सप्तरी सदरमुकाम राजविराजस्थित पुरानो सडक विभागको भवनमा स्थापना गरिएको छ । जसको मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालतका मुख्य न्यायाधिश शारदा प्रसाद कोइरालालाई तोकिएको छ । 
यता निर्वाचन आयोगबाट निर्वाचन सम्बन्धी कार्यतालिका प्रकाशन भएपछि मात्र बाँकी रहेका १६ वटै निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरिने निर्वाचन अधिकारी ठाकुरले बताउनुभयोभयो । 
यस्तै शनिबार निर्वाचन कार्यालयले मतदाता शिक्षा सम्बन्धी कार्यक्रम संचालन गर्दै गर्दा आन्दोलनरत मधेशी मोर्चाले बिथोलेपछि सो कार्यक्रम समेत स्थगित भएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट