News Category 2074/01/15

फोरम र राजपाबीच चुनाव र संघर्ष दुबैमा सहकार्य हुन्छ ः अध्यक्ष यादव

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौं, १४ बैशाख । 
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच सहकार्य हुने बताउनु भएको छ । 
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले फोरम र राजपाबीच चुनाव र संघर्ष दुवैमा सहकार्य हुने स्पष्ट पार्नुभयो । 
उहाँले फोरम देशभर चुनाव लड्न चाहेको भन्दै अन्य पार्टीरुसँग पनि तालमेल गर्न सकिने संकेत दिनुभयो । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच चुनावमा तालमेल गर्ने सहमति भइसकेको समेत उहाँले जानकारी दिनुभयो ।
मधेसी मोर्चाका नेता यादवले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विद्येयक १८ गतेभित्र पास हुनु पर्ने बताउनुभयो । सरकार, राजपा नेपाल र संघीय गठबन्धनबीच भद्र सहमति भएर नै संशोधन प्रस्ताव अगाडि बढाइएको भन्दै बैशाख १८ गतेभित्रै यसलाई संसदबाट अनुमोदन गराउनुपर्ने जिकिर गर्नुभयो । 
संघीय गठबन्धनका संयोजक समेत रहेका यादवले संशोधन प्रस्ताव पारित नभए निर्वाचनमा भाग नलिने चेतावनी दिदै प्रस्ताव पारित गराउन वातावरण बनाउनको लागि केही दिनका लागि मात्र संघर्षका कार्यक्रमहरु स्थगन गरेको स्पष्ट पार्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट