News Category 2074/01/17

मधेश आन्दोलनका घाइते साफीको उपचारका क्रममा निधन, मोर्चाद्वारा सहिद घोषणा र क्षतिपूर्ती माग

दैनिक समाचारदाता

राजविराज÷मधेश आन्दोलन ३ का क्रममा सप्तरीको भारदमा प्रहरीको गोली लागि घाइते भएका रघु साफीको शुक्रबार राती उपचारका क्रममा निधन भएको छ । 
प्रहरीको गोलीबाट दुबै आँखा गुमाएका ५२ वर्षिय साफीको जिल्लाको मधवापुर गाविस वडा नं. ४ स्थित आफ्नै घरमा निधन भएको हो । 
मधेश आन्दोलनको क्रममा २०७२ मंसिर ५ गते राती भारदहमा प्रहरीको गोली लागि दुवै आखाँ गुमाएका साफी अचेत अवस्थामा निरन्तर रुपमा उपचारार्थ रहेका थिए । 
यसैबीच संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले एक विज्ञप्ति जारि गर्दै साफीको निधनको खवरले स्तव्ध भएको जनाएको छ । 
मोर्चाका जिल्ला संयोजक दिनेश कुमार यादवद्वारा जारि विज्ञप्तिमा साफीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दे शोक सन्तप्त परिवार हार्दिक सम्वेदना प्रकट गरिएको छ । 
साथै विज्ञप्तिमा साफीलाई शहीद घोषणा गरी राहत स्वरुप क्षतीपुर्ति उपलव्ध गराउन सरकार सँग माग गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट