News Category 2070/07/29

संविधानमा उत्पीडित समुदायको अधिकार सुनिश्चित गराउन आफ्नो दलको जित जरुरी ः अध्यक्ष पासवान

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २८ कात्तिक । 
दलित जनजाती पार्टीका अध्यक्ष बिश्वेन्द्र पासवानले संबिधानमा दलित, आदीवासी जनाजाती लगायतका उत्पीडित समुदायको अधिकार सुनिश्चितताका लागि आफ्नो दलको जित जरुरी रहेको बताउनुभएको छ ।
सप्तरीको पत्थरगाडा गाविसमा आयोजित बिहीवार चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष पासवानले अघिल्लो संबिधानसभामा आफ्नो दलको उपस्थिति सम्मानजनक नभएकाले संबिधान बन्न नसकेको जिकिस समेत गर्नुभयो ।
दलित, मुस्लिम, जनजाती आदीबासी लगायतको अधिकार सुनिश्चितताका लागि आफ्नो दलको संबिधानमा बलियो उपस्थिति हुनु जरुरी रहेको जिकिर गर्नुहुँदै अध्यक्ष पासवानले आफुहरु पहिचान र अधिकार सम्पन्न संघीयताको पक्षमा रहेको बताउनुभयो । 
दलित जनजाती पार्टी पत्थरगाडा गाउँ कमिटीका अध्यक्ष हरेराम मंडलको अध्यक्षतामा आयोजित सभामा सो पार्टीका केन्द्रीय उपाध्यक्ष डा. सिताराम राम, दलित जनजाती पार्टी क्षेत्र नम्बर २ का उम्मेदवार राजकिशोर खंग, क्षेत्र नम्बर ४ का उम्मेदवार चुल्हाई मण्डल, क्षेत्र नम्बर ६ का उम्मेदवार मो. इस्लाम लगायतले बोल्नुभयो । 
दलित जनजाती पार्टीका केन्द्रीय सदस्य तथा सप्तरी इञ्चार्ज राजकुमार मंडलद्वारा सञ्चालित कार्यक्रममा सो पार्टीका समानुपातिक तर्फका उम्मेदवार मो. हबिबुलले स्वागत गर्नुभयो । 
यसअघि सप्तरीका खरचुहियामा बिहीवारै आयोजित चुनावी सभालाई अध्यक्ष पासवानले सम्बोधन गर्नुभयो । 
दलित जनजाती पार्टीका क्षेत्रीय अध्यक्ष बन्हु पासवानको अध्यक्षतामा आयोजित सभामा सो पार्टीका ५ नम्बर क्षेत्रका उम्मेदवार मो. याकुब, क्षेत्र नम्बर १ का उम्मेदवार कुशेश्वर साह, सो पार्टीका गुदर सदा लगायतले बोल्नुभयो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट