News Category 2074/01/27

चट्याङ्ग लागेर ८ भारतीय नागरिक घाइते, एकको अवस्था गम्भिर

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ बैशाख ।
चट्याङ्ग लागेर सप्तरीको बिषहरिया गाविसमा ८ जना भारतीय नागरिक घाइते भएका छन् । मंगलबार बिहान खसेको चट्याङ्ग लागेर घाइते मध्ये एकको अवस्था गम्भिर छ । 
विषहरिया ९ स्थित हिरो ईट्टा उद्योगमा मजदुरको रुपमा कार्यरत भारत बंगाल राज्यको कुच विहार शहर निवासी ४० वर्षिय नुरजमाल र उनकी ३५ वर्षिया पत्नी अमिलाविवि, ३६ वर्षिय अहमद मियाँ र उनको ६ वर्षिय छोरा अरमान, ४५ वर्षिय तैयव, ११ वर्षिय आलमिन, ३० वर्षिय सौफियार र ४५ वर्षिया मेजिला घाइते भएका छन् । 
उक्त घटनामा परी घाइते भएका सबैको स्थानिय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजमा उपचार भइरहेको छ भने घाइते मध्ये गम्भिर रहेका नुरजमाललाई धरान रेफर गरिएको चिकित्सकहरुले बताएका छन् । 
यता प्रकाृतिक प्रकोपबाट घाइते भएकाहरु विपन्न समुदायका भएपनि अस्पतालबाट कुनै पनि औषधी निःशुल्क पाउन नसकिएको हिरो ईटा उद्योगका संचालक मो.जुबेर अंसारीले गुनासो पोख्नुभयो । उहाँले तत्काल सबै घाइते मजदुरको उपचार खर्च आफैले व्यहोरेको जानकारी दिँदै जिल्ला दैवी प्रकोप उद्धार समितिमा पनि सहयोगका लागि निवेदन दिएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट