News Category 2074/02/09

म्याद गुज्रिएका पतञ्जलीका खाद्यान्न बरामद

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ८ जेठ । 
जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले सोमबार राजविराज १ स्थित पुष्पराज आयूर्वेदिक पसलमा म्याद गुज्रिएका खाद्यान्नहरु बरामद गरेको छ । 
जिल्ला प्रशासन कार्यालयका सप्तरीका प्रशासकीय अधिकृत रोहित भट्टराईको नेतृत्वमा आएको टोलीले सो पसलबाट विस्कुट ३ सय ९५ थान, मेथी, जिरा, बेसारलगायतको प्याकेट २ सय १० थान र कर्नफ्लाक्स १० प्याकेट बरामद गरेको हो । 
प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “पसलबाट पतञ्जलीद्वारा उत्पादन भएका पाँच प्याकेट बिस्कुट खरीद गरि जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुले लगेका थिए । र त्यसमध्ये दुई प्याकेट बिस्कुट खाईसकेपछि झट् बिस्कुटको खोल हेर्दा समय गुज्रिएको ट्याङ्ग देखियो । अनि हामी तुरुन्त पसलमा आएर अनुगमन गर्दा उक्त सामानहरुमा म्याद गुज्रिएको भेटायौं ।” 
म्याद गुज्रिएका विभिन्न खाद्यान्नहरु सोमबारै जिल्ला प्रशसन कार्यालयमा लगेर नष्ट गरिएको उहाँले जानकारी दिदै पसल संचालकलाई पसल संचालनको आवश्यक कागजपत्रहरु प्रशासन कार्यालयमा लिएर आउन निर्देशन समेत दिइएको छ । 
सो टोलीमा खाद्य विशेषज्ञ सुरेश सिंह लगायत अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट