News Category 2074/02/13

आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।
सप्तरीको शम्भुनाथ १ खोक्सरमा विहीबार आफ्नै शरीरमा आगो लगाएकी एक महािलको शुक्रबार उपचारका क्रममा मृत्यु भएको छ । 
मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ नगरपालिका १ निवासी इन्द्रदेव यादवकी ३५ वर्षीया श्रीमती रामादेवी यादव रहेको प्रहरीले जनाएको छ । 
आगोबाट पोलेर गम्भीर घाइते भएकी उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 
यादवले श्रीमानसँग सामान्य विवाद पश्चात् आफ्नो शरिरमा मट्टीतेल छर्कीएर आगो लगाएकी थिइन् । यसअघि उनलाई उपचारकोलागी गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराज लगिएकोमा उपचार हुन नसकेपछी थप उपचारकालागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट