News Category 2074/02/16

फोरम परित्याग गरि सुखराम यादव एमालेमा प्रवेश

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ जेठ । 
संघीय समाजवादी फोरम नेपाल प्रदेश नं. २ का सदस्य सुखराम यादवले साधारण सदस्य समेत नरहने गरि पार्टीबाट राजिनामा दिनुभएको छ । 
नेपाल पत्रकार महासंघ सप्तरीमा सोमबार यादवले पत्रकार सम्मेलन गरि सो राजिनामा दिनुभएको हो । उहाँले सोही पत्रकार सम्मेलनमा नेकपा एमालेमा प्रवेश गर्ने घोषणा गर्नुभयो । 
आयोजित पत्रकार सम्मेलनमा यादवले फोरम परित्याग गर्नुको मुख्य कारण नेतृत्व वर्गमा सामन्तीवाद प्रवृत्ति, एकल नेतृत्व, आसेपासे र जातिवादलाई महत्व दिने तथा मनोमानी ढंगले निर्णय गर्ने प्रवृत्ति हावी भएकोले राजिनामा दिनु परेको बताउनुभयो । 
पार्टीको नेतृत्ववर्गको एकल निर्णय र हैकमवादी प्रवृत्तिले जिल्लाका नेता र कार्यकर्ताहरुमा अन्यौल र निराशा छाएको भन्दै यादवले भन्नुभयो, “यस्तो अवस्थामा पार्टीमा बस्न ठीक नभएको ठानेर राजिनामा दिएको हु ।” 
उहाँले एमाले पार्टी राष्ट्रिय पार्टी भएकोले हिमाल, पहाड र तराईका जनताको सुख, दुःखमा साथ दिने विश्वास रहेको भन्दै हिमाल, पहाड र तराई मधेशका बीचमा विभाजन रेखा कोरेर आप्mनो स्वार्थ पुरा गर्ने राजनैतिक पार्टी र नेतृत्वहरुबाट सावधान रही दुरदृष्टि र बस्तुनिष्ठ कार्यव्रmम बोकेको एमालेको झण्डा मुनी गोलबद्ध हुन सबैलाई पत्रकार सम्मेलन मार्पmत आग्रह समेत गर्नुभयो ।
संचारकर्मीहरुको प्रश्नको जवाफ दिँदै यादवले भन्नुभयो, “मधेशको माग सम्वोधन गर्ने विषयमा एमाले पहिलो भन्दा बढी सकारात्मक देखिएकाले आफु एमाले पार्टीमा प्रवेश गर्ने निर्णयमा पुगेको हुँ ।” 
केही दिनमै पाँच सय भन्दा बढी कार्यकर्ताका साथ एक कार्यव्रmम बीच एमालेको सदस्यता ग्रहण गर्ने उहाँले जानकारी दिदै आफु कुनै शर्त नराखी एमालेमा प्रवेश गर्ने निर्णयमा पुगेको स्पष्ट समेत पार्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट