News Category 2074/02/29

प्रमुख निर्वाचन आयुक्तलाई गृह जिल्लामै कालो झण्डा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ जेठ । 
प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवलाई आइतबार उहाँकै गृह जिल्लामा राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन् । 
निर्वाचन कार्यालय सप्तरीले आयोजना गरेको निर्वाचन सम्बन्धी अन्तरक्रियामा सहभागि हुन राजविराजमा आउनु भएका आयुक्त डा. यादवलाई राजपा नेता कार्यकर्ताहरुले संविधान संशोधन गरेर मात्र निर्वाचन गराउन भन्दै नाराबाजी समेत गरेका थिए । 
कालो झण्डा देखाउने क्रममा राजपा नेता कार्यकर्ताहरुलाई सम्हाल्न प्रहरीलाई हम्मे हम्मे भएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट