News Category 2074/02/29

राजपाले गैरराजनीतिक चरित्र देखाएको एमालेको आरोप

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ जेठ । 
नेकपा एमाले नगर कमिटि राजविराज संयोजक निरंजन कुमार झाले राजपा नेपालले बिरोधका कार्यक्रमहरु पूर्वप्रेषित नगरि गैरराजनीतिक चरित्र देखाएको आरोप लगाउनुभएको छ ।  झाद्वारा आइतबार जारि विज्ञप्तिमा नेकपा एमाले नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा राजपा पार्टीका नेता कार्यकर्ताको मनोबल गिराउने भिडन्त र त्रासको वातावरण सृजना गरेको आरोप लगाइएको छ । 
त्यस्तै विज्ञप्तिमा नेकपा एमाले र नेता कार्यकर्ता विचलित न भई अझ संगठीत भै प्रतिकार गर्नुपर्ने भए सक्षम रहेको र जनताको पनी सहयोग रहने विश्वासका साथ आफ्ना गैरराजनीतिक चरित्र सुधार्ने ध्यानाकर्षण गराइएको छ । 
साथै घटनाको उचित छानविन गरी दोषीलाई कार्यवाही तथा धनजनको क्षतिपूर्ति दिन सम्बद्ध पक्षसँग नेकपा एमाले जोडदार माग गरेको छ । 
आम जनतामा आग्रह राजपाले अरु दलले गर्ने राजनीतिक गतिविधीमा अवरोध नगर्ने तर नेकपा एमाले मात्रलाई अवरोध पु¥याउने नियतबाट जिल्लाको शान्ति सुरक्षा, निर्वाचन प्रकृया कसरी सञ्चालन हुन सक्ने प्रति गम्भीर हुन समेत अपिल गरिएको छ ।
साथै कार्यक्रमबारे विहानै नगर प्रहरी इन्चार्जलाई सम्पूर्ण जानकारी पठाई रहँदा पनि स्थानीय प्रशासन, प्रहरी प्रशासन समेतले जिम्मेवारीपूर्वक सुरक्षा ब्यवस्था दिन नसकेको प्रति नेकपा एमाले घोर भत्र्सना गरेको उल्लेख छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट