News Category 2074/02/31

राजविराजमा राजपाले फोरम अध्यक्षको पुत्ला जलायो, बन्दको पहिलो दिन सप्तरी शान्तिपूर्ण, अन्य जिल्लाहरुमा झडप तथा तोडफोड

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० जेठ । 
संविधान संशोधनसहितको माग गर्दै आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको चार दिने बन्दको पहिलो दिन मंगलबार राजविराजमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पुतला जलाएका छन् । 
स्थानिय गजेन्द्र चौकदेखी प्रदर्शन गर्दै जनआन्दोलन चौकमा पुगेर मधेशको मुद्दा छोडेर स्थानिय तहको निर्वाचनमा भाग लिएको भन्दै राजपाका नेता कार्यकर्ताहरुले फोरम अध्यक्ष यादवको पुतला जलाएका हुन् । 
यता बन्दका क्रममा विहानैदेखि सप्तरी सदरमुकाम राजविराजसहित जिल्लाका अन्य बजारहरु समेत पुर्णरुपमा बन्द रहेको छ । राजविराजबाट लामो तथा छोटो दुरीका सवारीसाधनहरु चल्न सकेनन् भने बजार, उद्योग, कलकारखाना लगायत शैक्षिक संस्था समेत बन्द रहेको छ । यस्तै बन्दकर्ताहरुले सरकारी कार्यालय समेत बन्द गराउन आग्रह गरेको थियो । जसकारणले सेवाग्राहीहरु सेवा लिनबाट बञ्चित भएका छन् ।  
यस्तै राजपका नेता कार्यकर्ताहरुले संविधान संशोधन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्रलगायतको माँग राख्दै बिहानैदेखी जिल्ला भरि प्रदर्शन गरेका छन् । राजविराजमा राजपाका नेता कार्यकर्ताहरुले ई–रिक्सामा म्याकिङ र जुलुससहित बजार बन्दको आह्वान गराउँदै हिडेका थिए । 
यता पूर्वपश्चिम राजमार्ग अन्तरगत पूर्वबाट हिडेको बस, माइक्रोहरु कोशी ब्यारेज तथा पश्चिमबाट हिडेको यातायातका साधनहरु कदमाहा तथा जिल्ला ट्राफिक कार्यालय शम्भुनाथ सप्तरी अगाडी रोकिएर राखिएको छ । 
यसअघि सरकार र राजपा नेपालबीच आइतबार सम्पन्न बैठक बिना निष्कर्ष टुङ्गिएपछि निर्वाचनमा सहभागि नहुने भन्दै राजपाले जेठ ३०, ३१ र असार १ र २ गते थरुहट, मधेस र लिम्बुवान बन्द गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । 
यसैगरि मधेशका केही जिल्लाहरुमा राजपाका कार्यकर्ता तथा प्रहरीबीच झडप हुनुका साथै विभिन्न स्थानमा तोडफोडसमेत भएको छ ।
यता जनकपुर पनि पूर्ण रुपले ठप्प रहेको छ । विहान बजार बन्द गराउने क्रममा अवस्था तनावग्रस्त भएपनि अहिले बजार तथा यातायात पूर्ण रुपमा ठप्प भएको छ । केही सवारी साधानमा तोडफोडसमेत गरिएको छ ।
त्यस्तै, महोत्तरीको औरहीमा एमाले सांसद दिपनारायण साहको गाडी तोडफोड गरिएको छ । साहमाथि हातपातको प्रयास भएको थियो । यस्तै सिरहाको लाहानमा एमालेको प्रचार प्रसार सामाग्री जलाइएको छ । यसैगरि सर्लाहीको मलंगवा र रौतहटको गौर पूर्णरुपले ठप्प रहेको छ ।
कपिलबस्तु, नवलपरासी र रुपन्देहीमा पनि विभिन्न स्थानमा झडप हुँदा करिब दुई दर्जन राजपाका नेताहरु पक्राउ परेका छन् । 
यसअघि सरकार र राजपा नेपालबीच आइतबार सम्पन्न बैठक बिना निष्कर्ष टुङ्गिएपछि निर्वाचनमा सहभागि नहुने भन्दै राजपाले जेठ ३०, ३१ र असार १ र २ गते थरुहट, मधेस र लिम्बुवान बन्द गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । 
यता राजपाले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरुमा जेठ ३० र ३१ गते गाउँपालिका नगरपालिकाहरुमा चुनावको विरोधमा माइकिङ गर्ने, असार १ गते विभिन्न चोक र चौराहामा खबरदारी सभाका साथै शहीदहरुको तस्वीरमा माल्यार्पण गर्ने रहेको छ । 
त्यस्तै असार २ गते गाउँपालिका नगरपालिकाहरुमा निर्वाचन केन्द्रको कार्यालयमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने रहेको छ । स्मरण रहोस् असार २ गते उम्मेदवारी दर्ता गर्ने मिति हो । 
यस्तै असार ३ र ४ गते शहीदहरुको तस्वीर प्रदर्शन गर्ने, असार ५ गते जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने, ५ गते जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको छ । 
असार ६ गतेदेखि १४ गतेसम्म निर्वाचनसम्बन्धी कार्यक्रमहरुमा अवरोध पु¥याउने कार्यक्रम रहेको छ भने असार ८ गते जिल्ला सदरमुकामहरुमा मोटरसाइकल ¥याली निकाल्ने, असार ९ गते सदरमुकाममा मजाल जुलुस तथा १० गतेदेखि अनिश्चितकालीन आम हडताल गर्ने निर्णयहरु सार्वजनिक गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट