News Category 2074/02/31

भारततर्फ निर्यात गर्न हुन लागेको २ लाख ५० हजार बराबरको मदिरा बरामद

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० जेठ । 
जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाबाट बोरामा प्याक गरि राखेको बिभिन्न ब्राण्डको वेबारीसे मदिरा बरामद गरेको छ । 
सो नगरपालिका वडा नं. १४ डलुवास्थित नेपाल भारत बोर्डरमा भारत तर्फ रक्सी निर्यात हुन लागेको सूचनाको आधारमा प्रहरी टोलीले २ लाख ५० हजार बराबरको मदिरा बरामद गरेको जनाएको छ । 
बरामद भएको मदिराहरुमा गोल्डेन ओके मदिरा १ सय ९२ बोतल, डाकफोरेष्ट नामक मदिरा ९६ बोतल, टेन्सवर्ग वियर २० बोतल र दिलवले सिलप्याक सोफी १ हजार १ सय ८८ बोतल रहेकोे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
यता बरामद गरिएको मदिरालाई आवश्यक कार्वाहीको लागी राजबिराज भन्सार कार्यालय तिलाठी सप्तरी पठाइएको प्रहरीले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट