News Category 2074/03/03

२ नं. प्रदेशको चुनाव सार्ने सरकारको निर्णय अमान्य ः राजपा, असार ४ र १० गतेदेखी १४ सम्म आमहड्ताल

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ असार । 
राष्ट्रिय जनता पार्टी नेपालले २ नं. प्रदेशको चुनाव सार्ने सरकारको निर्णयलाई अमान्य घोषणा गर्दै आन्दोलनका कार्यक्रमहरु यथावत राख्ने निर्णय गरेको छ । 
राजपाको अध्यक्ष मण्डलको बिहीबार काठमाडौंमा सम्पन्न बैठकले सो निर्णय गर्दै केन्द्रिय निर्वाचनमा समेत भाग नलिने निर्णय समेत गरेको छ । 
यस्तै राजपाले पूर्व घोषित कार्यक्रम अनुसार असार १० गतेदेखी १४ गतेसम्म आमहड्ताललाई समेत निरन्तरता दिएको छ । 
बैठकले चुनाव बिथोल्ने गरी घोषणा गरिएका संघर्षका कार्यक्रम जारी राख्ने निर्णय गर्दै यसअघि घोषणा गरिएका आन्दोलका कार्यक्रम फिर्ता नहुने जनाएको छ ।
राजपाले असार २ गते मनोनयन दर्तालाई अवरोध पु¥याउने गरी घोषणा गरेको लाठी जुलुस असार ३ गते र ४ गते मधेश, थरुहट बन्दको कार्यक्रम थपेको छ ।
साथै विगतमा मधेस केन्द्रित दलहरुले उठाउँदै आएका मागहरुमा राजपाको अडान यथावत रहेको निर्णग गरेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट