News Category 2074/03/16

दलितलाई कुटपिट गरेको बिरोधमा विभिन्न संघसंस्थाद्वारा कारवाहीको माँग

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ असार । 
मुलुकमा छुवाछुत मुक्त घोषणा भएको अवस्थामा जातिय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ कार्यान्वयनमा रहेको अवस्थामा मानवीय कंलक तथा गम्भिर सामाजिक अपराध रुपमा कायम जातिय विभेद घटनाको विभिन्न संघ संस्थाहरुले भत्र्सना गरेका छन । 
सरकारी कानुनको खिल्ली उडाउँदै सप्तरीमा कथित उपल्लो जातिहरुले एक जना दलितमाथि निर्घात कुटपिट गरेका छन ।
सप्तरीको बोदेबर्साइन नगरपालिका ६ साबिक हाल काचन गाबिस वडा न.७ स्थित सोनापुरका ४२ वर्षिय लिलाधर दास तत्मालाई असार १३ गते ग्रामडिबार थानको मन्दिरमा पुजा गर्न जाँदा स्थानीय कथित उपल्लो जातका ब्यक्तिहरुले निर्घात कुटपिट गरेका हुन । 
सोही घटनाको भत्र्सना गर्दै दलित सरोकार मंच नेपाल कंचनरुप नगरपालिकाका युक्तिलाल मरिक, दलित सेवा संघ शाखा सप्तरीका कठौनाका दिपेन्द्र पासवान, उत्पिडित दलित समाज कल्याणपुरका राजेश राम, ईन्सेक प्रतिनिधि मनोहर पोखरेल, मधेशी दलित गैर सरकारी संस्था महासंघका विशेश्वर रजक, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका पशुपति मण्डल सहितकाहरुले संयुक्त रुपमा बिहिबार विज्ञप्ती प्रकाशन गरी पीडितलाई उचित क्षतिपुर्ति तथा दोषीमाथि आवश्यक कानुनी कार्बाही गर्नुपर्ने जोडदार रुपमा माँग गरिएको छ । 
तत्मालाई सोही ठाउँका राज कुमार यादव, काशिन्द्र यादव, रामचन्द्र यादव, सकलदेव यादव, जितेन्द्र साह लगायतकाहरुले दलित भएर मन्दिरमा पुजा गरेको भन्दै पीडित दास तत्मा र उनकी श्रीमति दुखनी देवी दासलाई समेत निर्घात कुटपिट गरेको पीडितले बताएका छन । कुटपिटबाट दासको बायाँ हात भाचिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट