News Category 2074/03/28

राजविराज जेसीजमा अज्ञात सूमहद्वारा आगजनी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ असार । 
राजविराज वडा नं. ७ साविकको वडा नं. १ स्थित जेसीज भवनमा सोमबार बिहान अज्ञात समूहले आगजनी गरेका छन् । 
सो आगजनीबाट १५ वटा प्लास्टिकका कुर्सी, दुई वटा पंखा, झ्यालको सिसा, कार्पेट, बिजुली वायरिङ, कोठाको रंगरोहन बिग्रएर जलेर दुई लाख बराबरको क्षति भएको छ । 
यसैबीच राजविराज जेसीज २०१७ का अध्यक्ष सन्तोष कुमार सिन्हाद्वारा जारि विज्ञप्तिमा घटनाप्रति स्तब्ध हुँदै १८ देखी ४० वर्षसम्मका युवाहरुको नेतृत्व क्षमता र व्यक्तित्व विकास गर्ने विश्वव्यापी संस्था जेसीजले प्रत्येक मानिस भित्रको प्रतिभालाई प्रष्फुटन गराउन उपयुक्त वातावरण तथा अवसरको सृजना गर्दै आएको संस्थालाई लक्षित गर्दै गरिएको घृणित कार्यको भत्र्सना गरिएको छ । 
जारि विज्ञप्तिमा सबैसँग समन्वयका साथ सहयोगि भूमिका निर्वाह गर्दै आएको राजविराज जेसीजमा भएको अप्रत्याशित घटनाले स्तब्ध बनाउनुका सथै आश्चर्यचकित बनाएको जनाइएको छ । 
साथै विज्ञप्तिमा सदरमुकामको बीचमा रहेको भवनमा आगजनी घटनाप्रति संवेदनशिल भई अपराधिलाई शिघ्र कारवाहीको दायरामा ल्याउन स्थानिय प्रहरी प्रशासन समक्ष जोडदार माँग गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट