News Category 2074/04/02

भु–संरक्षण कार्यालयद्वारा ५१ हजार ७ सय २५ बोटविरुवाहरु वितरण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १ साउन । 
जिल्ला भु–संरक्षण कार्यालय सप्तरीले चालु आवमा ५१ हजार ७ सय २५ बोटविरुवाहरु वितरण गरेको जनाएको छ ।
आर्थिक वर्ष २०७३÷०७४ मा असार ३ गतेदेखि २७ गते सम्ममा जिल्लाको विभिन्न गाबिसहरुमा १० हजार ९ सय २० वटा बोटविरुवाहरु वितरण गरेको कार्यालयका सुचना अधिकृत शिव नन्दन यादवले जानकारी दिनुभयो । 
उहाँका अनुसार चालु आवमा ५१ हजार ७ सय २५ वटा विभिन्न जातका बोटविरुवाहरु मध्ये विभिन्न गाबिसहरुमा १० हजार ९ सय २० थान वितरण भईसकेको पस्छ । 
त्यस्तै बाँकी रहेका ४० हजार ८ सय ५ वोटविरुवा सुन्दरी खोला जलाधार क्षेत्र क्षतिग्रस्त भुमि पुर्नस्थापन, बलान खोला र राजविराज नगरपालिका वरिपरीमा वितरण गर्ने जनाइएको छ ।
वितरण गरिएका बोटविरुवाहरुमा मसाला ३४ हजार ८ सय ७७, खयर ८ हजार ४ सय ६, अमला ३ हजार २ सय, महगनी १ हजार ४ सय ९६, सिरिस ८ सय, अशोक ४१, सिसो १ हजार ५ र अन्न १ हजार ७ सय रहेको सुचना अधिकृत यादवले जानकारी दिनुभयो । 
कुल ३ लाख ७९ हजारको विभिन्न जातजातिका वोटविरुवाहरु जिल्लाभरीमा वितरण गरीएको कार्यालय प्रमुख विष्णु बहादुर भण्डारीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट