News Category 2074/04/09

पुनः सप्तरीका एक युवकको मलेशियामा मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज ८ साउन । 
सप्तरीको सिस्वा बेल्ही गाबिस ६ का एक युवकको बैैदेशिक रोजगारको क्रममा मलेसियामा शनिबार राति मृत्यु भएको छ ।
अन्दाजी ३१ वर्षिय युवक रामेश्वर साह हलुवाईको मलेसियास्थित एक कम्पनीमा काम गर्न जाने अवस्थामा अचानक छाति दुखेपछि बेहोस भई मृत्यु भएको परिवारजनले बताएका छन । उनको छाती दुखेपछि मलेसियास्थित केनाङ्गा ३ को देसाचेमेर्लाङ्ग क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो ।
रतन साहका छोरा अन्दाजी ३१ वर्षिय साह घर परिवारको उन्नती गर्ने सपना बोकेर २०७० चैत २० गते श्रम स्विकृती लिई बैदेशिक रोजगारीको लागि मलेशिया गएका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट