News Category 2074/04/15

महिलाहरु मुढ़ा बनाएर घरमै बसेर मासिक राम्रो आम्दानी गर्दै

दैनिक समाचारदाता

राजविराज÷घरमै सीमित रहने सप्तरीको वरही विरपुर गाविसका महिलाहरु अचेल बाँसको मुढा र ¥याक बनाएर मासिक राम्रो आम्दानी गर्दै आएका छन् । 
घरेलु तथा साना उद्योग कार्यालय सप्तरीले महिलाहरुलाई बाँसको मुढा र ¥याक बनाउने सम्बन्धी २१ दिने सीपमुलक तालिम दिएपछि अचेल त्यहाँका महिलाहरु मुढा र ¥याक बनाएर राम्रो आम्दानी गर्दै आएक छन् । 
यसअघि सीप नहुँदा घरमै बसेर कुराकानी गरी समय विताउने त्यहाँका महिलाहरुलाई अहिले बासको मुढा र ¥याक बनाउनु बाहेक फुर्सद नै छैन् । सीप सिकेपछि अहिले घरको काम बाहेक फुर्सदको समयमा बाँसको मुढा र ¥याक बनाउनेदेखि फुर्सद नरहेको बताउँछिन् तालिममा सहभागी वरही विरपुर ७ की अनिता यादव । 
उनी अगाडी भन्छिन्, “यसअघि दिनभरी त्यतिकै समय एक आपसमा कुराकानी गरेर विताउँथे तर घरेलु तथा साना उद्योग कार्यालयले आफूहरुलाई सीपमुलक तालिम दिएपछि अहिले बाँसको मुढा र ¥याक बनाएर मासिक १० देखि २० हजारसम्म आम्दानी गर्दै आएकी छु ।” उनी भन्छिन्, “आफ्नै घरमा बास पर्याप्त मात्रामा रहेको र घरमै उत्पादित सामानले मुढा र ¥याक बनाएर गाउँटोलका साथै सदरमुकाम राजविराज तथा भारतको कुनौली बजारसम्म उत्पादित सामान विक्री वितरण गरी राम्रो आम्दानी गर्दै आएको छु ।” 
उनीजस्तै दिनभरी समयलाई खेर गर्ने तालिममा सहभागी अर्का महिला मुनेश्वरी देवीलाई पनि हिजाओज बाँसको मुढा र ¥याक बनाउनदेखि फुर्सद छैन् । घरमै बसेर अहिले त्यहाँका महिलाहरु बाँसको मुढा र ¥याक बनाएर राम्रो आम्दानी गर्दै आएको छन् । वेरोजगार महिलाहरुाई सीप दिएर रोजगारमुखी बनाउन घरेलु तथा साना उद्योग कार्यालय सप्तरीले आफूहरुलाई मुढा र ¥याकको तालिम दिएपछि आफूहरु मासिक राम्रो आम्दानी घरमै बसेर गर्दे आएकोमा खुशी व्यक्त गर्दै सहभागी पुनम देवी शर्माले घरेलुप्रति धन्यवाद समेत ज्ञापन गरेकी छिन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट