News Category 2074/04/16

नेपालकै पुरानो चन्द्रनहरको बाँध फुट्दा किसानहरु चिन्तित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ साउन । 
सप्तरीको कंचनरुप नगरपालिका ८ स्थित नेपालकै पुरानो चन्द्रनहर फुटेपछि किसानहरुको सयौं बिगहा धान बाली नष्ट भएको छ ।  
जिल्लाको कन्चनरुप नगरपालिका ८ स्थित पश्चिम रहेको चन्द्र नहर भत्किदा करिब  पाँच सय बिगहा जमिन जलमग्न भएको हो । सो जग्गामा पानीसँगै थुप्रिएको बालुवाका कारण लगाइएको धान बाली नष्ट भएपछि त्यस भेगका किसानहरु चिन्तित बनेका छन । 
करिब १० देखि १५ मिटरसम्म फुटेको सो नहरको पानीले सो क्षेत्रमा लगाइएको धान बाली डुवानमा परेको इलाका प्रहरी कार्यालय कंचपुरले जनाएको छ । 
नहरमा धेरै पानीको बहाव बढेपछि  बाँध फुटेको हो । यता फुटेको नहरको बाँधलाई नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
विगत दुई बर्ष अघि पनि चन्द्रनहरको दुई ठाउँमा बाँध फुटेर सयौ बिगहा जमिनमा लगाइएको धान बाली नष्ट भएको थियो । मुलुककै पुरानो चन्द्र नहर बर्षौदेखि जिर्ण भएकै कारणले जिल्लाका हरेक वर्ष सयौं बिगहा खेति योग्य जग्गा सिंचाईको अभावमा बाँझै रहने गरेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट