News Category 2074/04/16

बैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०७४ बाट युक्तिलाल मरिक सम्मानित हुने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ साउन । 
मानवअधिकार तथा दलित आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका सप्तरीको छिन्नमस्ता गाउँपालिका २ का ५३ वर्षीय युक्तिलाल मरिक (डोम) लाई बैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०७४ बाट सम्मानित गर्ने निर्णय भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा ‘२१ औँ प्रकाश मानवअधिकार पुरस्कार’बाट सम्मानित राजविराज नगरपालिका ७ का बैद्यनाथ झाले प्राप्त गरेको नगद रु. ५० हजारबाट स्थापना गरेको बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषको साउन १५ गतेको बैठकले दोस्रोपटक डोमलाई सम्मानित गर्ने निर्णय भएको हो । यो पुरस्कार २०७३ सालदेखि प्रत्येक वर्ष मानवअधिकार तथा नागारिक आन्दोलनका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वलाई प्रदान गरिने कोषले जनाएको छ ।
दुई दशकदेखि गरीब, असहाय, दलित, महिला, अल्पसंख्यक र भुमिहिनहरुको उत्पीडन विरुद्ध कटिबद्ध भई सामाजिक कार्यमा सक्रिय युक्तिलाल मरिक दलितमा सबैभन्दा पछाडि पारिएको डोम जातीको आन्दोलनको अभिन्न अंगको रुपमा स्थापित छन् ।
डोम उत्थान समाजका राष्ट्रिय अध्यक्ष स्नातक उत्तिर्ण डोम वि.स. २०५६ देखि डोम जातीको भुमि तथा कृषि अधिकार, दलित सशक्तिकरण र सिनो बहिष्कार आन्दोलन, जातिय छुवाछुत र घर उठीवास विरुद्धको अभियानका साथै सप्तरी, सिरहा र सुनसरीका विभिन्न मन्दिर र होटलहरुमा डोम समुदायको प्रवेश खुल्ला गराउन निरन्तर क्रियाशिल छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट