News Category 2074/04/32

सप्तरीमा बाढीबाट २० हजार घरका झण्डै एक लाख व्यक्ति प्रभावित, चार हजार व्यक्ति विस्थापित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३१ साउन । 
लगातारको बर्षाका कारणले विभिन्न नदी तथा खोलामा आएको बाढीले सप्तरीका दर्जनौ गाउका हजारौ घर डुबानमा परेका छन भने हजारौं व्यक्ति बिस्थापित समेत भएका छन ।
जिल्लाका २० हजार घरका झण्डै एक लाख व्यक्ति प्रभावित भएका छन् भने चार हजार व्यक्ति बाढीबाट बिस्थापित भएका छन् । 
लगातारको बर्षापछि आएको बाढीले जिल्लाको रम्पुरा मल्हनिया, सकरपुरा बनरझुला लगायतका टोल पुर्ण रुपमा डुबानमा परेका छन् । बर्षापछि खाँडो खोलामा आएको बाढीले रम्पुरा मल्हनिया गाबिसका करिब १ हजार घर तथा सकरपुराका ८ सय ९९ घर पुर्ण रुपमा डुबानमा परेको छ भने बनरझुलाको सयौं परिवारको घर डुवानमा परेको छ । 
बर्षाले गर्दा प्रत्येक ब्यक्तिको घरमा पानी पसेपछि बाढी पीडितहरु घर नजिकैको बाँध तथा स्कुलको आश्रय लिई रातभर भोक भोकै जाग्राम बस्न बाध्य भएको स्थानीयहरुले पीडितहरुले छन । बर्षापछि आएको बाढीले घर घरमा करिब ५ फिटसम्म पानी पसेको रम्पुरा मल्हनिया ४ डलबाका उमेश कुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार विगत चार दिनदेखि लगातारको बर्षाका कारणले आएको बाढीले घर पुर्ण रुपमा घरबारी डुवान भएपछि रातभरी बालबच्चा, पशु चौपाया समेत बाँधमा टहरा बनाएर बस्नबाध्य भएको बताउनु्भयो ।
यसैबिच तिलाठी कोईलाडी गाउँपालिकाद्धारा त्यहाँका बाढी पीडित परिवारलाई राहत स्वरुप विभिन्न खानेकुराहरु उपलब्ध गराएका छन । गाबिसका भुपु अध्यक्ष नित्यानन्द सिंहको अगुवाईमा वडा सचिव राम प्रसाद सिंहद्धारा तत्काल बाढी पिडित परिवारहरुका लागि विगत पाँच दिनदेखि बिहान र बेलुकाको नास्ता तथा खानाको व्यवस्था मिलाईएको हो । 
झण्डै ५ सय भन्दा बढी बाढी पीडित परिवारहरुका लागि हनुमाननगर कंकालिनी नगरपालिका वडा न. ४ कोईलाडी र रम्पुरा मल्हनिया ४ डलवाका बाढी पीडित परिवारहरुलाई राहत स्वरुप खानेकुराको व्यवस्था मिलाईएको वडा सचिव राम प्रसाद सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस्तै राजेन्द्र देवकी आधारभुत विद्यालय कोईलाडी स्कुलमा आश्रय लिई बस्दै आएका झण्डै २ सय परिवारलाई समेत खाना र नास्ताको व्यवस्था मिलाईएको बताउनुभयो ।
लगातारको बर्षाका कारणले सप्तरीको सिम्राहा सिगियौंन गाविस हाल विष्णुपुर गाउँपालिका वडा न. ४ बेल्हामा नदीको बाढीले गर्दा त्यहाँका सयौं घरपरिवार बिच्च्लीमा परेका छन । बर्षाका कारणले पश्चिम र दक्षिणतर्फबाट मुतनी नदी, पुर्वबाट घोरदह र उत्तरबाट खिरखौका नदीको बाढीले गर्दा त्यहाँक झण्डै ५० परिवार डुबानमा पर्नुका साथै सो टोलबाट बाहिर निस्किन नसकिने अवस्था रहेको माओवादीका नेता दुर्गानन्द यादवको भनाई छ । 
यादवका अनुसार लगातारको बर्षाका काराण्ले त्यहाँका दलित बस्ती डुबानमा पर्नुका साथै बर्षाअवधि भरी सो टोलबाट पैदल समेत बाहिर निस्किन नसकिने अवस्था रहेपनि त्यसतर्फ सरकार तथा सम्बन्धित निकायको ध्यान जानुपर्ने जरुरी रहेको छ ।
लगातारको बर्षाका कारणले सप्तरीको विभिन्न ग्रामिण भेगका सडकहरु समेत अवरुद्ध हुँदा हजारौ सर्वसाधारणहरुलाई सास्ती खेप्नुपरीरहेको छ । यसैक्रममा बर्षापछि आएको बाढीले विगत पाँच दिनदेखि राजविराज कुनौली सडक खण्ड अन्तर्गत विष्णुपुर गाउँपालिका स्थित गोरगामा सडक खण्ड कटान भएपछि सो सडक खण्ड पुर्ण रुपमा ठप्प हुन पुगेका छन । 
बर्षाले गर्दा विभिन्न नदीबाट आएको बाढीले सो सडक खण्ड कटान गरेपछि अहिले सो सडक खण्डमा संचालन हुने दर्जनौ टेम्पो तथा अटो र सिटिी रिक्सा समेत ठप्प हुन पुगेका छन भने सो भेगका दर्जनौ गाबिसका हजारौ स्थानीयबासीहरुलाई दिनहुँ सदरमुकाम आवत जावतमा निकै समस्या खेप्नुपरीरहेको स्थानीयहरुको आरोप रहेको छ ।
यस्तै बाढीबाट जिल्लाको अधिकांश स्थानमा डुवानमा परेको छ भने बास्तविक क्षतिको विवरण अझै आउन सकेको छैन् ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट