News Category 2074/05/03

बाढीमा वेपत्ता भएका डोमी र मृतक बालक कमलुका परिवारलाई नगद दुई लाख प्रदान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ भदौं ।
बाढीमा वेपत्ता बनाएको राजविराज नगरपालिका १५ देउरी भरुवाका ५५ वर्षिय डोमी यादवको परिवार तथा बाढीका पानी लागेर मृत्यु भएका कोइलाडीका बालक कमलु सदाका परिवारलाई सरकारको तर्फबाट राहत स्वरुप २ लाख नगद उपलब्ध गराइएको छ । 
सरकारबाट उपलब्ध गराईएको रकम शुक्रवार जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे घरमै पुगी यादव पत्नी घना देवीलाई सो रकम बुझाउनुभयो । भने कमलुको परिवारलाई पनि डलवा पुगेर उहाँले सो रकमसहित विभिन्न लत्ताकपडाहरु समेत प्रदान गर्नुभयो ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख मुकेश कुमार सिंह, सशस्त्रका एसपी रामाधर यादव सहित अन्य सुरक्षा निकायका प्रमुख, संचारकर्मी सहितको उपस्थिति रहेको थियो । 
गत साउन २६ गते खाँडो खोलाको बाढीले कटान गरेका तटबन्ध मर्मतका क्रममा सुरक्षाकर्मीसँगै खटिएका यादव एक्कासी बाढीको भेलले बगाउँदा वेपत्ता भएका थिए । उनको अवस्था शुक्रवारसम्म पनि पता लाग्न सकेको छैन । 
यता लगातार खोजी कार्य जारी राख्दा पनि यादव फेला नपरेपछि तथा जिउँदो फेला पर्ने सम्भवाना न्यून बन्दै गएपछि जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकद्वारा १० लाख रुपैयाँ क्षतिपूर्ती सिफारिश गरिएको थियो । 
त्यस्तै कमलुको गत शनिबार बाढीको पानी लागेर मृत्यु भएपछि दाहसंस्कार गर्ने ठाउँ नपाएपछि कोशीको पानी उनका परिवारजनले बगाएका थिए । 
सोही अवसरमा ठाको देवी जोगेन्द्र भगत सेवा ट्रष्टका संयोजक जोगेन्द्र भगतले बेपत्ता यादवका परिवारलाई ५ हजार १ सय नगद प्रदान गर्नुका साथै रेडक्रस सोसाईटीबाट पीडित परिवारलाई ३ महिनासम्मको खाना तथा भाँडा कुडा, कम्बल, त्रिपाल, लत्ताकपडा सहित प्रदान गर्ने रेडक्रसका अध्यक्ष समेत रहनुभएका भगतले जानकारी दिनुभयो । 
यसैबीच प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जिल्लामा बाढीबाट चारजनाको मृत्यु भएको जानकारी समेत दिनुभएको छ । उहाँले जिल्लामा करिब २० हजार व्यक्ति प्रभावित भएको जानकारी दिँदै ५ हजार व्यक्ति विस्थापित भएको बताउनुभयो ।
त्यस्तै उहाँले जिल्लाको बास्तविक बाढी पीडितहरुको संख्याका लागि सम्पूर्ण निकाय लागिपरेकोले दुई चार दिनमै पीडितहरुको संख्या सार्वजनिक गर्ने बताउनुभयो । 
यता बाढी पीडितहरु घरमा पानी पसेपछि टेन्टमूनी बस्न बाध्य भएका छन् । उनीहरुलाई अहिले विभिन्न संघसंस्थाहरुले राहत सामाग्रिहरु वितरण समेत गरिरहेका छन् भने स्वास्थ्य उपचार समेत भइरहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट