News Category 2074/05/03

धमाधम पशुचौपायाहरु मर्न थाले महामारी बढ्ने सम्भावना

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ भदौं ।
बाढी प्रभावित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १५ स्थित रम्पुरा मल्हनिया गाबिस ३ र ४ स्थित डलबाको कोशी पलारमा पशु चौपायाहरु धमाधम मर्न थालेका छन ।  
लगातारको बर्षापछि आएको बाढीले सो भेगका कोशी पलार पुर्ण रुपमा डुबानमा परेपछि पशु चौपायाहरु विगत एक सात्तादेखि कोशी बाँधमा शरण लिई बस्दै आएका थिए । 
पशु चौपायाहरुमा विभिन्न रोगका प्रकोपहरु देखा पर्नुका साथै सयौं पशु चौपायाहरु मरेपछि किसानहरु चिन्तित बनेका छन । 
यता पशुचौपायाहरु मर्न थालेपछि त्यस क्षेत्रमा महामारीको सम्भावना समेत बढेको छ । 
बाढीपछि पशु चौपायहरुमा विभिन्न रोगका प्रकोपहरु देखापर्न थालेपछि त्यहाँका किसानहरु चिन्तित बन्नुका साथै पशु चौपायाहरुलाई सुरक्षित स्थानमा सार्न समेत थालेको डलबाका किसान उमेश यादवले बताए । 
लगातारको बर्षापछि पशु चौपायाहरुले विगत एक सात्तादेखि बाँधमा राख्नुका साथै खानेकुराहरु खान नपाएर कतिपय पशु चौपायाहरु मरिसकेका छन भने कतिपय मर्ने अवस्थामा रहेका छन् । 
सो भेगका रम्पुरा मल्हनिया, सकरपुरा, लौनिया, तिलाठी, हनुमाननगर, ईनर्वा, कोईलाडी सहितका गाबिसका दर्जनौ पशु चँैपायाहरु अहिले खान नपाएर मर्ने अवस्थामा पुगेको स्थानीय किसानहरु बताउछन् । 
दर्जनौ किसानका पशु चौपयाहरु मरेपनि अहिलेसम्म आवश्यक औषधि तथा अन्य कुनै सेवा सुबिधाहरु सरकार तथा पशु सेवा कार्यालय एवं सम्बन्धित कुनै पनि निकायबाट नपाएको कृषकहरुको आरोप छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट