News Category 2074/05/07

नेपाल प्रहरीद्वारा बाढीपीडितलाई निशुल्क स्वास्थ्य शिविर एवं सामुहिक भोजन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ भदौं ।
नेपाल प्रहरीले राजबिराज नगरपालिका १ मा एक दिने स्वास्थ शिबिर तथा सामुहिक भोजन कार्यक्रम सम्पन्न गरेको छ । 
सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे तथा सगरमाथा अंचल प्रहरी कार्यलयका बरिष्ठ प्रहरी उपरिक्षक बलराम शर्मा पौडेलले राजबिराज नगरपालिका वडा नं १ रामटोलका वाढी पीडितलाई खाना पस्केर सामुहिक भोजको सूरुवात गर्नु भएको हो ।
बाढीका कारण क्षती भएको र खाद्यान्न समेत नष्ट भएपछि उनीहरुलाई एक दिनको राहत स्वरुप सामुहिक भोजनको आयोजना गरिएको प्रहरी उपरिक्षक मुकेश कुमार सिहले जानकारी दिनुभयो । 
उतm सामुहिक भोजनको ब्यवस्थापनमा रेडक्रसका जिल्ला अध्यक्ष जोगेन्द्र भगत र घनश्याम अचार्यले आर्थिक सहयोग गर्नुभएको थियो । 
नेपाल प्रहरी अस्पताल काठमाण्डौ र जिल्ला प्रहरी कार्यलय सप्तरीको आयोजना राजबिराज नगरपालीका वडा नम्वर १ का ५ सय परिवारलाई सामुहिक भोजन गराएको छ भने ४ सय ५५ जनालाई स्वास्थ परिक्षण गरी औषधी बितरण गरिएको उपरिक्षक सिँहले जानकारी दिनुभयो । 
नेपाल प्रहरीका डा. आशिष दत्त, डा.शिरिष रेग्मी, डा.रोशन निरौला सहित ७ जनाको टोलीले स्वास्थ परिक्षण गर्नुभएको थियो । 
यसअघि सशस्त्र प्रहरी वल केन्द्रिय कार्यालयको सहयोगमा सीमा सुरक्षा कार्यालय सप्तरीको आयोजनामा सोमवार राजविराज नगरपाकिा वडा नं. ९ को मलेठमा निशुल्क स्वास्थ्य शिविर तथा सामुहिक भोजन कार्यक्रम सम्पन्न भएको छ ।
शिविरमा मलेठ, वसविट्टि, मुसहर्नीया, पौवाहा, पिप्राही, थलही लगायतका करिव ९ सयजनाले स्वास्थ्य जाँच गराएको अयोजकले जानकारी दिएको छ । डा. मिना कुँवर, डा. सुदिप क्षेत्री, रिना यादव, अनिल श्रेष्ठलगायतका स्वास्थ्यकर्मीहरुले विरामीहरुको चेकजाँच गरेको सशस्त्र प्रहरीका एसपी रामाधार यादवले जानकारी दिनुभयो । 
उक्त शिवीरमा नेपाल मारवारी सेवा समिति र मारवारी सेवा समिति सप्तरीले निशुल्क औषधी उपलब्ध गराएका थिए । एसपी यादवका अनुसार मलेठ करिव ५ सय वाढि पीडितलाई सामुहिक भोजन समेत गराईएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट