News Category 2074/05/07

भलुवाहीको डिललाई मर्मत गर्न जुट्यो युवा संघ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ भदौं । 
सप्तरीमा बाढीबाट क्षति भएको खाँडो खोलाको भलुवाही डिललाई मर्मत कार्य युवा संघ नेपालले मंगलबार सुरु गरेको छ । 
राजविराज ४ स्थित भलुवाही खोलाको पुलनजिक बाढीले बनाएको खाल्डो पुर्ने काममा युवा संघ, नेपालका अध्यक्ष राजिव पहारीको नेतृत्वमा ४० जनाको टोलीले काम सुरु गरेको नेकपा (एमाले) का उपसचिव प्रतापनारायण चौधरीले जानकारी दिनुभयो । 
राहत सामाग्री वितरणपछि युवा संघको टोली बालुवा, बोरासहित बेल्चा, कोदालो लिएर कटान स्थल पुगेपछि स्थानीयवासी समेत मर्मत कार्यमा जुटेका हुन् । 
त्यस्तै, सो टोलीले सिरहा रोडको मुतनी नदीले क्षति पु¥याएको विभिन्न स्थानमा समेत मर्मत कार्यमा जुटने उपाध्यक्ष रमेश पौडेलले जानकारी दिनुभयो । 
साउन २६ गतेदेखि खाँडो, महुली, जीता, मुतनीलगायतका खोलामा आएको बाढीले सदरमुकाम राजविराजसहित दर्जनौ गाउँ डुबानमा परेपछि राजविराज २ र वडा नम्बर ४ जोडने भलुवाही खोलाको पुलमा पु¥याएको क्षतिले आवतजावत अवरुद्ध भएको छ  । 
यस्तै युवा संघले बाढीले निधन भएका चार जनाको परिवारलाई राहतस्वरुप नगद ११ हजार र लत्ताकपडा, खाधान्न सामाग्री प्रदान गरेको छ । यता अध्यक्ष पहारीले राहत नपुगेको प्रभावित स्थानमा चामल, दाल, कपडा, जस्तापाता र औषधी वितरणलाई निरन्तरता दिने बताउनुभयो । 
टोलीमा अध्यक्ष पहारी उपाध्यक्षद्वय रमेश पौडेल र चन्द्र लामा, सचिवद्वय मन्जु यादव र राजेश साह, सचिवालय सदस्यहरु प्रभात कटुवाल, निरेशलाल सिंह, केन्द्रीय सदस्य सीता सुवेदीलगायत छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट