News Category 2074/05/08

आसमान नेपालबाट राहत वितरण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ७ भदौं । 
राजविराज नगरपालिका ९ स्थित मलेठका करिब ५ सय ६० जना बाढीपीडितहरुलाई बुधबार आसमान नेपालले राहत बितरण गरेको छ ।
वल्र्डवाईड कन्सल्ट तथा पिपुल इन निडको सहयोगमा राजबिराजस्थित राजरंशालमा आयोजित राहत बिरण कार्यक्रममा मलेठका ५ सय ६० जनालाई बिभिन्न खाद्यान्न सामाग्रीसहित राहत बितरण गरिएको आसमान नेपाल सप्तरीका संयोजक श्रवण कुमार देवले जानकारी दिनुभयो ।
प्रति ब्यक्ति तीस केजी चामल, पाँच केजी दाल, एक केजी नुन,दुई केजी खाने तेल, द्ई केजी चिनी, एक÷एक थान बाल्टीन र मग तथा एक थानका दरले झुल, दुई÷दुई थानका दरले नुहाउने र लगाउने साबुन र एक थान सेन्टी प्याड लगायतका सामाग्री बितरण गरिएको बताइएको छ । 
यस्तै डियर वाक फाउन्डेसन काठमाडौले सप्तरीको डाक्नेश्वरी नगरपालिकामा रहेका ९० जना बाढीपीडित परिवारलाई राहत स्वरुप ४ हजार ५ सयका दरले राहत वितरण गरिएको सो संस्थाका भोलिन्टियर संदिप सदाले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट